प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ

माेरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिए पछि नयाँ मुख्यमन्त्रीमा एमाले सचिव आचार्य नियुक्त भएका हुन्।राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए ।मुख्यमन्त्री हेरफेर अघि एमाले संसदीय दलले नेता परिर्वतन गरेको थियो ।

प्रदेशसभामा एमालेको एकल बहुमत भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेकाे हाे। एमालेमा भएकाे आन्तरिक किचलाेका कारण चार वटा प्रदेशमा मुख्यमन्त्री परिवर्तन भएकाे छ । एमालेले गण्डकी र लुम्बनीमा सरकार गुमाउन पुगे पनि अन्य दुइ प्रदेशमा भने समिकरण मिलाउन मुख्यमन्त्री बदलेकाे हाे।