५० वर्ष लामो सहकार्यपछि टुट्यो ओली र नेपालको सम्बन्ध, दुई नेताको मिलन देखि डिभोर्स सम्मको उतारचढाव !

काठमाडौं, बुधवार निर्वाचन आयोगले माधव नेपालको पार्टीलाई मान्यता दिएसंगै विधिवत रुपमा एमाले विभाजन भयो । पाँच दशक लामो राजनीतिक सहकार्यपछि एमालेका दुई शिर्ष नेता माधव कुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘डिभोर्स’को कोर्स पूरा हुदैं एमाले छिन्नभिन्न भएको छ ।

कुनै समय थियो, यी दुई नेताका मञ्जिल एकै थिए । तर, अहिले बाटो मोडिन खोजेको छ । संसद छलेर १६ महिनाअगाडि २०७७, वैशाख ८ गते केपी ओलीले नै राजनीतिक दल विभाजनसम्बन्धि अध्यादेश ल्याएका थिए । आफ्नै दलभित्र र बाहिर तीव्र विरोध र संघीय समाजवादी दलको विभाजन टरेपछि ओलीले फिर्ता लिएको अध्यादेशकै सहारा लिएर प्रधानमन्त्री शेर बहादुर देउवाले ओलीकै पार्टी फुटाइदिने अध्यादेश ल्याइदिए।

कार्यकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसका आधारमा आफ्नो कार्यालयमा पुगेको अध्यादेश राष्ट्रपतिलाई ‘तितो’ लागे पनि उनले प्रमाणीकरण गरिदिएकी थिइन । त्यही कानुनी त्यान्द्रोमा टेकेर ओली–नेपालले पाँच दशक लामो राजनीतिक यात्रामा टुग्याएका छन् ।

हुन् त ओली-नेपाल सम्बन्धमा अनेक पटक खटपट एकै पार्टीमा रहँदा नदेखिएका होइनन् । तर, ‘सम्बन्ध विच्छेद’को यो तहमा यी दुई नेता ओर्लिएका थिएनन् । ठूला(ठूला असहमतिका पर्खाल पनि नेताहरूले एकै पार्टीमा रहेर सँगै मिलेर नफोडेका होइनन्, तर योपटकको पहाड फोर्न न ओलीले सक्ने देखिए, न माधव नेपालले नै ।

बरु अलग बाटो लागेर पछि ओली सुध्रिए एकता हुन सक्ने, चुनावमा सिट बाँडेर लड्न सकिने र तीन महिना एक वर्षपछि भेट पनि हुन सक्ने माधव नेपाल बताउन थालेका थिए । ओली पनि माधव नेपाल जस्तालाई पार्टीमा अब ठाउँ नरहेको घोषणा गर्न थालेका थिए।

नेकपादेखि एमालेसम्म विवादै विवाद

एमाले(माओवादीले २०७४ मा चुनावी गठबन्धन बनाउनेदेखि पार्टी एकता गर्नेसम्मको ‘मोडल’मा सम्झदारी जुटाउँदा ओली र प्रचण्डका आ–आफ्नै स्वार्थ थिए । प्रचण्डलाई कम्युनिष्ट पार्टी एउटै बनाएर त्यो पार्टीको पनि नेतृत्व लिएर हिड्ने महत्वकांक्षा थियो । ओलीसँग भने नवौँ महाधिवेशनदेखि झाँगिदै आएको गुटबन्दी र पार्टीभित्र भत्किदै गएको माधव नेपालसँगको सम्बन्धलाई पन्छाएर नयाँ राजनीतिक धुव्र निर्माण गर्ने र आफू थप शक्तिशाली बन्ने महत्वकांक्षा थियो ।

त्यही ओली–प्रचण्ड स्वार्थका कारण एमाले माओवादी एक बनाउने सम्झदारी जुटेको थियो । तर, पार्टी एकतापछिको चार महिना नपुग्दै नेताहरूको कार्य विभाजनसँग सम्बन्धित रहेर ओली र नेपालका बीचमा ‘टसल’ शुरु भएको थियो । अन्ततः ओली एकातिर र प्रचण्ड(माधव नेपाल अर्कोतिर देखिने गरी नेकपाभित्र समीकरण जुट्न थाल्यो । ओली र नेपालबीचको सम्बन्ध यतिसम्म बिग्रियो कि, ओली उपचारका लागि विदेश जान लाग्दै गर्दा बसेको तत्कालीन नेकपाको सचिवालय बैठकमा नेपालले दिएको स्वास्थ्य लाभको शुभेक्षासम्म ओलीलाई ग्राहय भएन । त्यसपछिका ‘तिता सम्बन्ध’मा कहिल्यै सुधार हुन सकेन ।

२०७६ पुस २३ मा ओलीविरुद्ध नेकपाका तत्कालीन सचिवालयका बहुमत सदस्यले बामदेव गौतम निवास भैँसीपाटीमा मोर्चाबन्दी शुरु गरे र त्यसको काउन्टरमा ०७६ माघ १५ देखिको पार्टी केन्द्रीय समिति बैठकलगत्तै गौशलाको ‘मदन भण्डारी फाउण्डेसन’मा ओली पक्षले अलग्गै भिड्ने रणनीति बनाएपछि भने देखिने गरी नेकपाभित्र संर्घष शुरु भयो । त्यसले अन्तत: ०७७ को वैशाख ८ मा दल विभाजन अध्यादेश ओलीले ल्याउने निर्णय लिए ।

त्यसपछि शुरु भएको नेकपाभित्रको संर्घषको कथाले वर्ष दिनभरि नै उत्कर्षको रुप लियो । ओली एकातिर र प्रचण्ड(नेपाल अर्कोतिरको मोर्चा जम्दै गयो । ओलीले संसद नै विघटनसम्मको निर्णय लिए ।

त्यसलाई ‘प्रतिगमन’ भन्दै प्रचण्ड नेपाल दिनदिनैको बालुवाटार वार्ता, झगडा छोडेर सीधै सडक संर्घषमा उत्रिए । ओली पक्षले प्रचण्ड(नेपाल र प्रचण्ड(नेपाल पक्षले ओलीलाई कारबाही गर्ने शृङ्खलासम्म चल्यो । त्यहीबेला सर्वोच्चले एमाले र माओवादीको एकता ‘बदर’ गरिदियो । झण्डै(झण्डै राजनीतिक जीवन नै दाउमा परिसकेका ओलीका लागि राहत मिल्यो । त्यसपछिको ६ महिनाको संर्घष फेरि एमालेभित्र रहेर ओली र नेपालका बीचमा दोहोरिनै रह्यो । त्यही घर झगडाले अहिले ओली र नेपाल डिभोर्सको चरणमा पुगेका छन् ।

यी मोडमा सँगै थिए ओली–नेपाल

नेकपा एमालेमा अहिले जस्तै परिस्थिति २४ वर्षअगाडि पनि थियो । महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणमा मतभिन्नता भएपछि एमाले पहिलोपटक विभाजित हुन पुगेको थियो । तर, विभाजनको चोटलगत्तैको निर्वाचनमा खाएपछि फेरि एकताबद्ध भएको थियो । त्यो विभाजनमा समेत एकै ठाउँ रहेर मुकाविला गरेका ओली र नेपाल नै अहिले अन्तत विभाजित भए ।

ओली र नेपालका बीचमा खास(खास अवस्थामा सहकार्य थिए । एमाले–माओवादीको एकताअगाडिसम्म मूल स्पिरिटमा यी दुई नेता जहिल्यै एक ठाउँमा थिए । आन्दोलनका मूलभूत एजेण्डामा समनता र सहकार्य दुवै नेताका बीचमा थियो । जनताको बहुदलीय जनवाद, महाकाली सन्धि, पार्टी एकता र तत्कालीन माओवादीलाई हेर्ने दृष्टि कोणसम्ममा दुवै नेता एकै ठाउँमा थिए ।

पार्टीभित्रै माओवादी मुद्दा सम्बोधन गर्नु पर्नेमा बामदेव गौतम(झलनाथ खनाल देखिन्थे । तर, ओलीले नै नेपाल नेतृत्वको सरकारको ‘रक्षाकवज’को भूमिका निर्वाह गरेका थिए ।

माओवादी ‘जनयुद्ध’मै रहँदा माओवादीलाई हेर्ने दृष्टि कोणमा एमालेभित्र दुई धार थियो । त्यसबेला पनि ओली(नेपालको धार एउटै थियो । झलनाथ खनाल र बामदेव गौतमको अर्को धार थियो । ०७४ को चुनावपछि दलको नेता चयनमा ओलीलाई नेपाल स्वयमले सर्वसम्मत बनाउन प्रस्ताव गरेका थिए । राष्ट्रपति निवासबाट धुम्बराहीस्थित पार्टी कार्यालयसम्म ओलीकै गाडीमा गएर दल बैठकमा नेपालले ओलीलाई संसदीय दल नेताको प्रस्ताव गरेका थिए । माओवादीसँग एकताको वार्ता चल्दै गर्दा ‘जवज’का विषयमा दुवै नेताले एकै मत राखेका थिए ।

मदन भण्डारीको रहस्यमय निधनपछि पार्टी महासचिव बन्ने बेला २०५० मा नेपाललाई ओलीले साथ दिएका थिए ।नेपालले पनि ओलीलाई आवश्यकता पर्दा गुन लगाएका थिए। ०६२–०६३ को जनआन्दोलनताका आन्दोलनबाट कही पुगिदैन भनेर निस्क्रिय हुँदा ओली त्यसबेला आलोचित थिए । तर, आन्दोलन सफल भएपछि नेपालले ओलीलाई नै उपप्रधानमन्त्री समेतको जिम्मेवारी दिलाएर सरकारमा पठाए । नेपाल समूहले नै ओलीलाई सरकारमा पठाउने निर्णयको विरोध गर्यो । केही नेताहरूले समूह छाड्ने चेतावनी पनि दिए । त्यसबेला नेपालसँगै रहेका अमृत बोहोरा, इश्वर पोखरेललगायतका नेताहरुले उनलाई छोडिदिए । तर, नेपाल निर्णयमा डगमगाएनन् ।


२०६६ मा नेपाल प्रधानमन्त्री बन्दा संसदमा प्रतिपक्षी माओवादी बलियो अवस्थामा थियो । उसले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’को संज्ञा दिँदै चर्को सडक आन्दोलन गरिरहेको थियो । पार्टीभित्रै माओवादी मुद्दा सम्बोधन गर्नु पर्नेमा बामदेव गौतम(झलनाथ खनाल देखिन्थे । तर, ओलीले नै नेपाल नेतृत्वको सरकारको ‘रक्षाकवज’को भूमिका निर्वाह गरेका थिए ।

बुटवलको आठौँ महाधिवशेनमा पनि नेपाल आफू अध्यक्षमा नउठेपछि उनले ओलीलाई सघाएका थिए । तर, नवौँ महाधिवेशनमा भने ओली र नेपाल अध्यक्षमा भिडेका थिए ।

असमझदारीका शृङ्खला

मुद्दाका आधारमा एक ठाउँमा देखिए पनि यी दुई नेताका बीचमा बेमेलका पनि अनेकन शृङ्खला छन् । माओवादीसँगको एकतापछि ओलीले आफ्नो समूहलाई पेल्ने रणनीति अख्तियार गरेको आरोप नेपालको थियो । २०७५ असोज ५ को सचिवालय बैठकले गरेको प्रदेश पदाधिकारी चयन आफूसँगको परामर्शबिना विदेश गएको मौकामा गरिएकाले नमान्ने चेतावानी नेपालले शुरुमा दिएका थिए । त्यसमा उनले पछि स्वदेश आएपछि ‘फरकमत’ नै राखे ।

त्यतिमात्र होइन, ओली सरकारको नतेत्वमा रहेकै बेला माधव नेपालले संसदमै देश डुब्न लागेको भन्दै माझीको खोजी गरेका थिए । यसबाट पनि ओली नेपाल सम्बन्धमा थप तिक्तता पैदा गरेको थियो ।

ओलीले एमालेको रथ हाक्नु अगाडि यही पार्टी झण्डै १५ वर्ष माधव नेपालले नै हाँकेका थिए । मदन भण्डारीको निधनपछि नेपालले पार्टी महासचिवका रुपमा काम गर्दा पार्टीभित्र ओलीसँगै प्रतिस्पर्धा चल्थ्यो । २०५६ को संसदीय चुनाव र सातौँ महाधिवशेनका बेलामा पनि ओली(नेपालका बीचमा अन्तरविरोध चुलिएको थियो ।

त्यसबेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलको नेता आफू बन्न चाहेका थिए । तर, नेपालले दिएनन् । त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेका थिए ।

०७० को संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तिक्तता देखियो । पार्टीको आठौँ