८ वर्षपछि स्टेजमा फर्किए धुर्मुस सुन्तली

काठमाडौँ। हास्य कलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) स्टेजमा फर्किएका छन् । २०७२ को भूकम्पपछि स्टेज कार्यक्रमबाट टाढा रहँदै आएका उनीहरू ८ वर्षपछि फेरि मेला महोत्सवमा फर्किएका हुन् ।

शनिवार कास्कीको लेखनाथ महोत्सवमा उनीहरुले मनोरञ्जनात्मक प्रस्तुति दिँदै आफू स्टेजमा फर्किएको बताए । अभिनयमा चर्चित पात्र धुर्मुस र सुन्तलीको गेटअपमै स्टेजमा झुल्किएका उनीहरुले क्यारिकेचर र नृत्य प्रस्तुति मार्फत दर्शक झुमाए ।

बस्ती, रङ्गशाला निर्माण लगायतका कार्यक्रममा आफूलाई व्यस्त बनाएर कलाकारिताबाट टाढा रहँदै आएका उनीहरुले अव भने सक्रिय कलाकारिता गर्ने बताए । 

महोत्सवमा प्रस्तुत हुन अगाडि उनीहरुले सामाजिक सञ्जालमार्फत लेखनाथ महोत्सवमा प्रस्तुति दिन लागेको बताएका थिएन । स्टेजमा लामो समयपछि फर्किए पनि फिल्म तथा सानो पर्दामा भने उनीहरू फाट्टफुट्ट देखिँदै आएका छन् ।