पाँचौं दिन प्रभास अभिनित ‘सलार’को कमाईमा ५० प्रतिशतले गिरावट

प्रभास अभिनित दक्षिण भारतीय फिल्म ‘सलार’को कमाई पाँचौं दिनमा ५० प्रतिशतले कमी आएको छ। घरेलु बक्सअफिसमा सोमबार ४६ करोड कलेक्सन गर्दा मंगलरबार आधाले गिरावट आएको हो। मंगलबार भारतभर ‘सलार’ले २३ करोड ५० लाखको व्यापार गरेको छ। योसँगै फिल्मले पाँच दिनमा भारतभर २७८ करोड ५० लाख भारुको आकंडा पार गरेको छ। गत शुक्रबारबाट रिलिज भएको यस फिल्मले पहिलोदिन भारतभर ९०.७ करोडको ओपनिङ गरेको थियो। सलार सन् २०२३ कै सर्वाधिक ‌ओपनिङ गर्ने फिल्म समेत हो।

त्यसैगरि, दोस्रो दिन ५६.३५ करोड भारु कमाउँदा तेस्रो दिन ६२.०५ भारुको व्यापार गर्न सफल भयो। पहिलो दिन विश्वभरिबाट १७८.७० करोडको ओपनिङ गरेको यस फिल्मले पाँचौं दिनमा विश्वभर लगभग ५०० करोडको हाराहारीमा कलेक्सन गरिसकेको छ।

प्रशान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’ तेलुगुसहित हिन्दी, कन्नड, मलयालम र तमिल ५ भाषामा रिलिज भएको थियो। ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।