आनको विज्ञापन बोर्डमा क्षेत्रगत प्रतिनिधित्व गराउछाैँ: मन्त्री शर्मा

नेपाल विज्ञापन संघको २४औँ साधारण सभा सम्पन्न भएको छ।विज्ञापन बजारलाई बृहत र व्यवस्थिकरण गर्ने उदेश्य र नाराको साथ शुक्रबार होटेल अरण्य बुटिकमा सभा गरिएको हो।

उक्त कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी मन्त्री रेखा शर्मा  प्रमूख अतिथिका रूपमा आउनु भएका थिए।

कार्यक्रममा मन्त्री शर्माले आनको विज्ञापन बोर्डमा क्षेत्रगत प्रतिनिधित्व गराउने तथा सरकारले विज्ञापन व्यवसाय र विज्ञापन एजेन्सीप्रति कुनै पूर्वाग्रह नराखेको बताएका छन्।साथै उनले अभिव्यक्ति स्वतन्त्रता र राजनैतिक स्वतन्त्रता भएतापनि अश्लील र छाडापन हुन नहुने साथै सामाजिक सञ्जाललाई नियमन गर्ने कार्यका लागि नियमावलि तुरुन्तै जारि गर्ने कार्य भैरहको बताएका छन्।

सरकारले विज्ञापन नियमावलि ल्याएर एजेन्सीको पहिचान गराएको र सघका सुुझावहरुलाई  सधै सकारात्मक रुपमा लिएको र समस्या समाधानका लागि पहल गर्ने उनकाे भनाइ छ।

विज्ञापन एजेन्सीहरु मिडिया र विज्ञापन दाताको बिचमा रहेर विज्ञापन व्यवसायलाई दिगो बनाउन विज्ञापन एजेन्सीको १५ प्रतिशतको हक अधिकारमा सबै विज्ञापन चक्रका साझेदारहरुले  सहकार्य समन्वयमा काम गर्नुपर्ने अन्यथा अब बन्ने नियमावलिले त्यसलाई बाँधी कार्यबाहीको दायरामा ल्याउने उनको भनाई छ।