बुधबार मध्यरातसम्म ‘सलार’का ३० लाख २५ हजार टिकट बिक्री

प्रभास स्टारर फिल्म ‘सलार’ले  आक्रमक ओपनिङ गर्ने देखिएको छ। निर्माता कम्पनी हम्बल फिल्म्सका अनुसार फिल्म रिलिजको  दिनका लागि  ३० लाख  टिकट बिक्री भइसकेका छन्। निर्माण कम्पनीका भारतका तीनवटा नेश्नल चेन पिभिआर, आइनोक्स र सिनेपोलिक्स मार्फत बुधबार राति ११ः५९ मिनेसम्म ३० लाख २५ हजार टिकट विक्री भएका हुन्। ‘सलार’ भोली (शुक्रबार) रिलिज हुँदैछ।

निर्माण कम्पनीका अनुसार आन्द्र प्रदेशमा १३ लाख २५ हजार, तेलंगनामा ६ लाख,  उत्तर प्रदेशमा ५ लाख २५ हजार, कर्नाटकमा ३ लाख २५ हजार, केरलामा १ लाख ५ हजार र लामिलनाडुमा १ लाख टिकट बिक्री भएका हुन्। फिल्मको अग्रिम बुकिङ आज पनि जारी छ।

प्रशान्त निलको लेखन तथा निर्देशनमा बनेको ‘सलार’मा प्रभाससँगै पृथ्वीराज, श्रुति हसन लगायतको अभिनय छ।