चर्चित भारतीय गायक अरिजित सिंह काठमाडौँमा

चर्चित भारतीय गायक अरिजित सिंह काठमाडौँमा छन्। शनिबार अपरान्हबाट उनी चुच्चेपाटीस्थित हायात ग्राउन्डमा आयोजित कन्सर्टमा सहभागी छन्।

कन्सर्टमा सहभागी हुन उनी शुक्रबारनै काठमाडौं आएका थिए। गराज म्यानेजमेन्ट इन्टरटेनमेन्ट र एम.एन प्रोडक्सनले उनलाई काठमाडौंमा कन्सर्टका लागि बोलाएका थिए। 

आयोजकले यो कम्सर्टलाई नेपालकै ठूलो हुने दाबीसमेत गरेको छ। कन्सर्टमा प्रयोग भएका सबै सामान भारतबाट ल्याइएको हो।आयोजकले कन्सर्टमा १५ हजार बढी दर्शकको उपस्थिति रहेको दाबी आयोजकले गरेको थियो।