वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका तीनजनाको मृत्यु

चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको छ।

भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो ।

https://barnanmedia.com/news/detail/162056/?v=1700399870293

टिकटक बन्दको निर्णयविरुद्ध परेको  रिटमा  सोमबारदेखि प्रारम्भिक सुनुवाइ हुने,दूरसञ्चार प्राधिकरणले बनायो समिति

टिकटकलाई बन्द गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन्। उक्त रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ। 

सर्वोच्चले आगामी सोमबारदेखि रिटमा प्रारम्भिक सुनुवाइ गर्ने भएको छ । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

२७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक संस्थालाई पत्र लेखेर टिकटक बन्द गर्न निर्देशन दिएको थियो । त्यसपछि इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन् ।

https://barnanmedia.com/news/detail/162059/?v=1700399870272

राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको  राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

https://barnanmedia.com/news/detail/162061/?v=1700399870256

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपा नेवाःखलः कास्कीलाई

नेपाल संवत् ११४४ को सुदर्शन कपिला सिरपाबाट नेवाःखलः कास्कीलाई पुरस्कृत गरिने भएको छ ।

नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि काम गर्दै आएको झि पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले  आज पोखरामा नेवाःखलः कास्कीका कार्यसमिति र सल्लाहकार तथा सदस्यमाझ जानकारी दिनुभयो । नेवाःखलः कास्कीका अध्यक्ष अशोक पालिखेले यस सम्मानले नेवार समुदायमा अझ धेरै भाइचारा बढ्ने बताउँदै संस्कृति संरक्षण र प्रवर्द्धनमा यसले ठूूलो सहयोग पुग्ने बताउनुुभयो । 

भूकम्पबाट प्रभावित रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण

जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ । भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई हप्तापछि हिजो शुक्रवार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताउनुभयो ।

भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । 

https://barnanmedia.com/news/detail/162064/?v=1700399870236

रूखमा ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच जना घाइते

भारतकाे झारखण्ड,गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ।

 दुई बालबालिकासहित १० जना टिकोडिहस्थित विवाह समारोहबाट फर्केर थोरिया गाउँ जाने क्रममा उक्त घटना भएको हो।

छठ पर्वले आपसी सद्भाव बढाउने राष्ट्रपतिको विश्वास

राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिकाे कामना गरेका छन् ।

छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीती एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्न र आपसी सद्भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गरेका छन् ।

बन्दीपुर र मानुङकोटमा पर्यटकको चहलपहल

चिसो मौसम सुरु भएसँगै तनहुँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ । बन्दीपुर, व्यास नगरपालिकाको मानुङकोट, तनहुँसुरलगायतका स्थानमा यतिबेला पर्यटकको चहलपहल बढेको हो । 

बन्दीपुरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको व्यवसायी किसान प्रधानले बताउनुभयो । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्षसमेत रहनुभएका प्रधानले यो बन्दीपुरको पर्यटनका लागि उपयुक्त समय भएको बताउनुभयो । प्रधानले भन्नुभयो, “यो पर्यटकको घुम्ने समय हो । बन्दीपुरमा विदेशी र स्वदेशी पर्यटकको आगमन बढ्दैछ ।”

सदनको बहस दलभन्दा माथि उठन सकेन: रास्वपा उपभापति अर्याल

पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ ।

राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ।

सुरुङ मार्ग भासिने डरले उत्तराखण्ड फसेका ४१ भारतीयको उद्धार कार्यमा अवरोध

सडक सुरुङमा फसेका ४१ जनालाई उद्धार गर्ने प्रयासलाई भारतीय उद्धारकर्ताहरूले शनिबार रोकेका छन् । उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाधीन सुरुङको केही भाग भत्किएपछि आइतबारदेखि स्काभेटरले सुरुङको भग्नावशेष हटाइरहेका छन् ।

एक हप्ता लामो उद्धार कार्यका क्रममा जमिन भासिएर ठूलो मात्रामा ढुङ्गा र माटो निरन्तर खसेपछि र महत्वपूर्ण हेभी ड्रिलिङ मेशिनहरू बारम्बार बिग्रिएका कारण उद्धारको काम सुस्त भएको थियो ।

https://barnanmedia.com/news/detail/162070/?v=1700399897978

दाङमा एक पुरूषलाई चक्कु प्रहार गरेको आरोपमा तीन युवक पक्राउ

 दाङमा एक पुरूषलाई चक्कु प्रहार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

गत कात्तिक ३० गते राति घोराही उपमहानगरपालिका १५ गोर्खा हस्पिटल नजिकै हिँडिरहेका सोही वडाका २१ वर्षीय कृतिक रोका मगरमाथि चक्कु प्रहार भएको थियो ।

पछाडिबाट ढाडमा गरिएको चक्कु प्रहारबाट गम्भीर घाइते रोकालाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो  । त्यहाँ उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो। 

घाइते रोकालाई कोहलपुर मेडिकल कलेजले ललितपुरस्थित मेडिसिटी हस्पिटलमा थप उपचारका लागि रेफर गरेको छ । हाल उनको मेडिसिटीमा उपचार जारी छ ।

https://barnanmedia.com/news/detail/162071/?v=1700399897971

अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए जानकारी गराउन नेपाल दूरसञ्चारकाे अनुरोध

नेपाल दूरसञ्चार प्राधिकरणले अझैपनि टिकटकमा पहुँच पुगिरहेको भए त्यसबारे जानकारी गराउन अनुरोध गरेको छ ।

आइतबार सूचना प्रकाशित गर्दै प्राधिकरणले टिकटक प्रयोगमा रोक लगाउन सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट टिकटक चलिरहेको भए खबर गर्न आग्रह गरेको हो ।

https://barnanmedia.com/news/detail/162073/?v=1700399897943

पर्यटन प्रवद्र्धन गर्न साइकल टोली पोखरामा

सामुदायिक होमस्टे, हाम्रो संस्कार र परम्परा’ नाराका साथ ‘साइकल सिटी भैरहवा’को टोली शनिबार पर्यटकीय नगरी पोखरा आइपुगेको छ । 

हरेक वर्ष तिहारको भाइटिकाको भोलिपल्ट साइकल यात्राका माध्यमबाट आन्तरिक एवं साइकल पर्यटनसँगै स्थानीय उत्पादनको प्रचारप्रसार गर्न टोली पोखरा आएको हो ।

पाकिस्तानको पञ्जाबमा डाँका र प्रहरीबीच झडप, छ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तको राजधानी लाहोरमा शनिबार छ जना डाँकाको प्रहरी कारबाहीमा गोली लागि मृत्यु भएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक इरताजा कुमैलका अनुसार डाँकाहरू एक चिकित्सकको घरमा पसेर उनको परिवारलाई बन्धक बनाई बहुमूल्य सामानहरू लुट्ने क्रममा प्रहरीले सुराकीका आधारमा उक्त समूहलाई कारबाही गरेको थियो ।

न्यायपरिषद सदस्य घुमकाममै मस्त, न्यायाधीश नियुक्तिको सम्भावना अझै पर धकेलिँदै

 सर्वोच्च र मातहतका अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना झनझन पर धकेलिँदै छ। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले तिहारअघिका केही दिन थालेको प्रयासमा वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कानुनमन्त्री धनराज गुरुङ नै बाधक बनेका थिए। अब खतिवडाले अवकाश नपाउँदासम्म नयाँ नियुक्तिको सम्भावना पनि क्षीण बन्दै गएको छ।

कानुनमन्त्री धनराज गुरुङ भाइटीका थाप्न अमेरिका गएका थिए। मंसिर १ गते स्वदेश फर्कने र त्यही दिन न्यायपरिषदको बैठक राखे पनि आफू तयार रहेको बताएर उनी विदेश हिँडेका थिए। तर उनी फर्केर आइसकेपछि पनि प्रधानन्यायाधीशको सम्पर्कमा पुगेका छैनन्। प्रधानन्यायाधीश श्रेष्ठले पहिला अनौपचारिक छलफल गरी निर्णयको टुंगो गरिसकेपछि मात्र औपचारिक बैठक बोलाउने तयारी गरे पनि गुरुङले टेरपुच्छर लगाएका छैनन्।

https://barnanmedia.com/news/detail/162083/?v=1700399897781

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन् 

शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् । 

माओवादी–नेस्पा वार्ता: बाबुरामसँग पार्टी एकताको प्रयास

 नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको वार्ता समितिले प्रचण्ड र बाबुराम भट्टराईकै नेतृत्वमा पार्टी एकता संयोजन समिति बनाउन सुझाएको छ ।

नेपाल समाजवादी पार्टी ९नेकपा०ले मंसिर ६ र ७ गते केन्द्रीय समिति बैठक काठमाडौंमा बोलाएको छ । त्यसको पूर्वसन्ध्यामा दुबै दलको वार्ता टोलीको बैठक आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको थियो । बैठकले अध्यक्षहरुकै नेतृत्वमा पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिएको छ ।