कसरी भयो भाइटीकाकाे सुरूवात

 नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिमा भाइटीका पर्छ ।

 यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । 

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास रहेको छ। तिहारका यी पाँच दिन इन्द्रादी दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाडेको कथा पनि पाइन्छ। 

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गरिन्छ।

कसरी भयो यसकाे सुरूवात 

भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहिनी यमनालाई भेट्न आएका थिए। यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वी लोकमा बस्थिन्। त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन्। त्यो बेलामा यमपञ्चक परेको थियो।

यमपञ्चकभर यमराज यमुनाको घरमा बसे। भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरेर उपहार दिइन् अनि दाजुसँग आशिर्वाद लिइन्। त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको विश्वास गरिन्छ ।