टी–२० सिरिज : नेपालविरुद्ध तान्जानिया ब्याटिङ गर्दै

 चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालविरुद्धको पहिलो खेलमा तान्जानियाले ब्याटिङ गरिरहेको छ । हङ्कङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा  तान्जानियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । केहीबेर अघिसम्मको खेलमा तान्जानियाले १४ ओभरमा तीन विकेट गुमाउँदै ६९ रन बनाएको छ । नेपालका लागि सङ्गीता राईले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिएकी छिन् । 

नेपाल र तान्जानिया पहिलोपटक भिड्न लागेका हुन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा रहेको छ । जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

नेपाली टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।  कप्तान रुबिना क्षेत्रीको ठाउँमा इन्दु बर्मालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले नयाँ कप्तान चयन गरेको हो । क्षेत्रीले ११ वर्षदेखि कप्तानी गर्दैआएकी थिइन् । 

नेपालले दोस्रो खेल यही कात्तिक ३० गते हङकङसित तथा समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । 

नेपाली टोलीमा सोमु विष्ट, कञ्चन श्रेष्ठ र सोनी पाख्रिनले पहिलो पटक अवसर पाएका हुन् भने रोमा थापा र सङ्गिता राईले पुनरागमन गरेका छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । जारी प्रतियोगितामा नेपालका लागि तान्जानिया र जापान नयाँ प्रतिद्वन्द्वी हुन् । आइसिसी बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा छ ।

नेपालले कात्तिक २९ गते पहिलो खेल तान्जानिया सँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै ३० गते हङकङसँग र मंसिर २ गते जापानसँग खेल्नेछ ।

वेस्ट इन्डिजले  दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखला खेल्नका लागि आफ्नो टोलीको घोषणा

वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृंखला खेल्नका लागि आफ्नो टोलीको …

ताप्लेजुङ पर्यटन महोत्सवमा अन्तिम दिन आज खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन हुदै

ताप्लेजुङ पर्यटन महोत्सवमा अन्तिम दिन आज खुल्ला म्याराथन तथा महिला हाफ म्याराथन…

इङलिश प्रिमियर लिगको विजेताको टुङ्गो आज लाग्दै  उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

इङलिश प्रिमियर लिगको विजेताको टुङ्गो आज लाग्दै उपाधिको दौडमा म्यानचेस्टर सिट…

चेल्सीलाई लगातार पाँचौँ पटक महिला सुपर लिगको उपाधि

चेल्सीलाई लगातार पाँचौँ पटक महिला सुपर लिगको उपाधि

सिजनको अन्तिम खेलमा  घरेलु टोली होफेनहाइमसँग बायर्न ४-२ गोल अन्तरले पराजित

सिजनको अन्तिम खेलमा घरेलु टोली होफेनहाइमसँग बायर्न ४-२ गोल अन्तरले पराजित

चेन्नईलाई २७ रनले हराउँदै बैंगलुरु  प्लेअफमा

चेन्नईलाई २७ रनले हराउँदै बैंगलुरु प्लेअफमा

आईपीएलको प्लेअफमा पुग्न आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु  बीच खेल हुने  दुवै टिमका लागि  जित्नैपर्ने

आईपीएलको प्लेअफमा पुग्न आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरु बीच…

पारा एथ्लेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सुरु

पारा एथ्लेटिक्स विश्व च्याम्पियनसिप शुक्रबार मध्य जापानको बन्दरगाह सहर कोबेमा सु…