हाम्रै करेसाबारी तथा बजारमा सजिलै पाइने फर्सीको मुन्टाका आश्चर्यजनक फाइदाहरु

हाम्रो घर बारीमा कतिपय तरकारी तथा फलफुल पाइन्छन् । कतिलाई त हामीले त्यति वास्ता गर्दैनौ । तर तीबाट के के फाइदा पाइन्छ तथा कुन कुन भिटामीन तथा खनिज पदार्थ ती सब्जीहरुमा पाइन्छ हामीलाई थहा हुँदैन, अनि हामी ती तरकारी खान वेवास्ता गरिरहेका हुन्छौं । आज हामी तपाईलाई हाम्रो करेसावारी र बजारमा सजिलै पाइने फर्सीको मुन्टोको फाइदाको बारेमाा बताउन गैरहेका छौं । फर्सीको पातको सागबाट हामीले धेरै तत्वहरु प्राप्त गर्न सकिन्छ ।

फर्सीको मुन्टोमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ र यसले विभिन्न खतरनाक रोग हुनबाट पनि बचाउँछ ।

तपाईले फर्सीको पातलाई नियमित भोजनमा समावेश गर्नु भएमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षीत रहन सकिन्छ ।फर्सीको पातमा एन्टी–अक्सीडेन्ट पाइन्छ । फर्सीको पातमा भिटामिन ए प्रसस्त मात्रामा पाइन्छ ।

जसले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोषीकाहरुलाई रोक्न सहयोग पुर्याउँछ । यसको सेवनले प्रजनन क्षमतामा वृद्धि गर्छ ।

फर्सीको पातमा पाइने पोटासियमले तपाईको पाचन प्रणालीलाई स्वस्थ राख्छ । यस्तै उच्च रक्तचापलाई पनि नियन्त्रण गर्छ । यसमा पर्याप्त मात्रामा भिटामीन सी पाइने भएकाले छालाको सुन्दरता बढाउछ । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु राम्रो हुन्छ ।