यी दुई ब्लड ग्रुप भएको व्यक्तिको लागि कोरोना ज्यादा खतरनाक { एक नयाँ अध्ययन }

कोरोना भाइरसको बेकाबु लहरले भारत र नेपाल नराम्ररी प्रभावित भएको छ । यसैबीच भारतको काउन्सिल अफ साइंटिफीक एंड इंटस्ट्रियल रिसर्च (CSIR) ले एउटा रिसर्च पेपर प्रकाशित गरेको छ जस अनुसार AB र B ब्लड गु्रपको व्यक्तिहरु कोभिड १९ देखि बढी होशियार रहनुपर्ने हुन्छ । यसमा दाबी गरिएको छ कि बाँकी ब्लड ग्रुपको तुलनामा एबी र बी ब्लड ग्रुपको व्यक्ति कोरोनाबाट बढी प्रभावित भएका छन् ।

रिसर्च पेपरमा यो पनि भनिएको छ कि o ब्लड ग्रुपका व्यक्तिमा यस बिमारीको सबभन्दा कम असर देखिएको छ । यस ब्लड ग्रुपको धेरैजसो बिरामी या त एसिम्प्टोमैटिक छन् वा उनीहरुमा निकै हल्का लक्षण देखिएको छ । यो रिपोर्ट सीएसआइआरद्वारा भारत भर जुटाइएको सीरोपोजिटिभ सर्वेमाथि आधारित छ । CSIR को रिपोर्टमा यो पनि बताइएको छ कि शाकाहारी व्यक्तिको तुलनामा माछामासु खाने व्यक्तिमा कोभिड को खतराको संभावना बढी छ । यो दाबी भारतभरिका करिब १० हजार व्यक्तिको स्याम्पलमा आधारित छ जसको विश्लेषण १४० डाक्टरहरुको एउटा टिमले गरेको थियो । यसमा पाइएको छ कि मासु खानेवाला कोरोना संक्रमित विरामीको संख्या भेजेटेरियन व्यक्तिहरुभन्दा बढी छ र भेजेटेरियन डाइटमा हाई फाइबर नै यस अन्तरको कारण हो ।

फाइबर युक्त डाइट एंटी इन्फलेमेटरी हुन्छ जसले मात्र इन्फेक्सनपछि गम्भीर हालत हुनबाट बचाउँछ कि इन्फेक्सनको शरीरमाथि हमला गर्नबाट पनि रोक्दछ । सर्भेमा यो पनि बताइएको छ कि कोरोना संक्रमणको बढी मामिला एबी ब्लड गु्रपको आएको छ । जबकी बी ब्लड गु्रपमा कोरोना संक्रमणको सम्भावना यस भन्दा केही कम छ । त्यसैगरी ओ ब्लड गु्रपका व्यक्तिहरुमा सबभन्दा कम सीरोपाजिटिविटी देखिएको छ ।

आगराको नामी पैथोलाजिस्ट डा. अशोक शर्माले इण्डिया टुडेसँग बातचीतको दौरान बताए कि यो सबै कुरा मानिसको जेनेटिक स्ट्रक्चरमा निर्भर हुन्छ । एउटा उदाहरण दिंदै उनले भने, “थैलेसीमिया (रगतसँग जोडिएको अनुवांशिक बिमारी) का मानिसमा मलेरियाको निकै कम प्रभाव हुन्छ । यस्तो कैयौं मामिलामा देखिएको छ कि घरको कुनै एक व्यक्तिलाई छोडेर सबै व्यक्तिलाई कोरोना भयो । यस्तो जेनेटिक स्ट्रक्चरको कारणले हुन्छ ।

डा. शर्मा भन्दछन्, “यस्तो संभावना हुन सक्छ यस भाइरसको विरुद्ध ओ ब्लड ग्रुपको व्यक्तिको इम्युन सिस्टम एबी र बी ब्लड ग्रुपको व्यक्तिको तुलनामा बढी राम्ररी रिस्पोन्स गर्दछ । तर यसमा अरु शोधको आवश्यकता छ । यसको मतलब यो होइन कि ओ ब्लड ग्रुपको व्यक्ति कोभिडको रोकथामको लागि कुनै प्रोटोकल्सको पालना नगरुन् ।