खेलाडीलाई कोरोना संक्रमणपछि आइपीएल अन्तर्गत बैंग्लोर र कोलकाताबीचको खेल स्थगित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आजका लागि निर्धारित रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ ।

कोलकाताका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि खेल स्थगित भएको क्रिकेट सम्बन्धी वेबसाइट इएसपीएन क्रिकइन्फोले जनाएको छ । कोलकाताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण भएको हो । खेल नेपाली समयअनुसार सोमबार साँझ ७ः४५ बजे अहमदावादमा हुँदै थियो । कोलकाता र बैंग्लोरबीचको खेल स्थगित भएको आईपीएलले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

यस पटकको आईपीएल सुरु हुनअघि नै केही खेलाडीहरु कोरोना भाइरसको चपेटामा आइसकेका थिए ।यसअघि कोलकाताका नितिश राणा, बैंग्लोरका देवदत्त पडिक्कल, दिल्ली क्यापिटल्सका अक्षर पटेल कोरोना संक्रमित भएका थिए ।