स्वास्थ्य मन्त्रालयले भन्यो– अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ ।

मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ । मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएकाले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।