फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाहीको सिफारिस

काठमाडौ । एमालेको कर्णाली प्रदेशले फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गरिएको हो । 

सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापालाई कारबाहीका लागि सिफारिस गरेको हो । नेकपा एमाले संसदीय दलले भने मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।

उनीहरूले केन्द्रीय नेतृत्वको निर्देशनमै स्थिर सरकारका लागि ‘फ्लोर क्रस’ गरे बताएका छन् ।सांसद प्रकाश ज्वालाले पार्टीले जे कारबाही गरेपनि  आपत्ति नभएको प्रतिक्रिया जनाएका छन् ।