ओलीको गृह जिल्ला झापामा नेपाल समूहले गठन गर्यो समानान्तर कमिटी

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज झापा जिल्लामा समानान्तर कमिटी घोषणा गरेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा सो पक्षले देवराज रेग्मीको नेतृत्वमा समानान्तर कमिटी बनाएको हो ।

कमिटी घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी छन् । झापाको बिर्तामोडमा आयोजित सो कार्यकर्ता भेला नेपाल पक्षका नेता कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिएको छ । नेपाल पक्षले यसअघि ६७ वटा जिल्लामा कमिटीको गठन गरिसकेका छन्।

नेपाल पक्षले फागुन २३ को अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेसम्म क्रियाशील एमालेका कमिटी ब्युँउत्याउनु पर्ने माग गर्दै आएका छन्।