भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन भएको छ ।
भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार क्रस ब्रोडर पी–टू–पी सेवा सुरुवात गरेका हुन् ।
भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेन्स (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेन्सको प्रणालीबीच आबद्धता कायम गरी यो सम्झौता कार्यान्वयन गरिएको हो । यसले नेपाल र भारतमा गएर अस्थायी बसोबास गरी आयआर्जन गरिरहेका व्यक्तिलाई रकम पठाउन सहज हुनेछ ।
सन् २०२० मा नेपाल र भारतबीच भएको क्रस बोर्डर पेमेन्ट सम्झौता भएको थियो । तीन वर्षपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सम्झौतापछि नेपालमा बस्नेले भारतीय नागरिकले दैनिक १५ हजार भारु र मासिक २ लाख भारुको सीमामा बैंकबाट बैंकमा रकम पठाउन सक्नेछन् ।
भारत बस्ने नेपालीले भने प्रतिपटक दुई लाख भारूसम्म पठाउन सक्नेछन् । यो भारतीय रिजर्भ बैंकले तोकेको सीमा हो ।
अहिले नेपालबाट भारत जाने व्यक्तिले क्युआरमार्फत् भुक्तानी गर्ने व्यवस्था भने अझै सुरु भएको छैन । यसका लागि पी–टू–एम (पर्सन टू मर्चेन्ट) सेवाको सुरु हुनुपर्ने नेपाल क्लियरिङ हाउसका सीईओ निलेशसिंह प्रधान बताउँछन् ।
यो सम्झौतासँगै नेपालका बैंकहरुले यस्तो प्रणालीको सुरुवात गरिसकेका छन् । अहिले आधा दर्जन बैंकबाट यस्तो भुक्तानी सुरु भएको छ ।
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया