रास्वपाको कलैयामा भएको उपनिर्वाचन खारेजको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।
कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए । निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको समर्थक धिराज पटेलले जानकारी दिए ।
उनले उक्त सूचना कुनै आधिकारिक पत्र, हस्ताक्षर वा पद उल्लेखबिनाको साधारण कागजमा सार्वजनिक गरिएको भन्दै आपत्ति जनाएका छन् । कार्यकर्ताहरूले ‘५० प्रतिशतभन्दा बढी मत नपुगेको’ भन्ने आधार देखाएर पुनः निर्वाचन गराइएको दाबी गरिएको भए पनि निर्वाचनकै दिन यस्तो विषय किन नउठाइएको भन्दै प्रश्न गरेका छन् ।
पार्टीका निर्वाचन प्रतिनिधि र नेतृत्वले विधानको सही व्याख्या नगरेको, विजयी घोषणा गरी माला र अबिर लगाइसकेपछि पुनः निर्वाचन गराउनु अनुचित भएको पटेलको दाबी छ । उनले उपनिर्वाचन सीमित प्रतिनिधिबीच गराइएको र अधिकांश वडा प्रतिनिधिलाई सहभागी हुन नदिइएको आरोपसमेत लगाएका छन् ।
उनले पार्टी नेतृत्वसँग उपनिर्वाचनको आधार सार्वजनिक गर्न, पारदर्शिता कायम गर्न तथा निष्पक्ष रूपमा पुनः प्रक्रिया अघि बढाउन माग गरेका छन् । उनले रास्वपा समर्थकहरु परिवर्तनको आशामा पार्टीमा आबद्ध भएको तर पछिल्लो घटनाले निराश बनाएको बताएका छन् ।
रास्वपाभित्रै हानाहान गरेर देश बनाउन सकिँदैन, झगडा नगरौंः सुधन गुरुङ
फिफा विश्वकप २०२६ मा क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक 'लास्ट डान्स': के यसपटक …
‘रास्वपालाई असफल हुने छुट छैन’
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
परराष्ट्रमन्त्री खनालद्वारा दिल्लीमा स्पष्टीकरण: 'प्रधानमन्त्री शाहको आशय बेलायतसँग…
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
प्रतिक्रिया