ग्यास बुलेटको ठक्करबाट बाबु-छोरीको मृत्यु
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा बाबु–छोरीको मृत्यु भएको छ ।
हनुमान मन्दिर अगाडि विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार सडकमा गुडिरहेको ग्यास बुलेट आईसीपीतर्फ मोड्ने क्रममा साइकलमा सवारलाई ठक्कर दिएको थियो । दुर्घटनामा विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उहाँकी १३ वर्षीया छोरी गरिमा ठाकुरको मृत्यु भएको न्यौपानेले जनाउनुभयो ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि कोशी अस्पताल पु¥याइएको थियो । तर चिकित्सकले उहाँहरूलाई मृत घोषणा गरेका थिए ।
घटनापछि दुर्घटनास्थल तनावग्रस्त बनेको थियो । स्थानीयको ठूलो भिड जम्मा भएपछि केही समय अवस्था तनावपूर्ण बनेको प्रहरीले जनाएको छ ।
प्रहरीले ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रतिक्रिया