नेपालीको औसत आयु ७१.३ वर्ष, वार्षिक जनसंख्या वृद्धि रुपमा ०.९२ प्रतिशत

काठमाडौँ, २३ वैशाख : नेपालमा वार्षिक रुपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ।


जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यो तथ्यांक प्रस्तुत गरेको हो। कार्यालयकाअनुसार नेपालमा २ करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या छ। जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पति तल रहेको तथ्यांकमा उल्लेख छ।


तथ्यांक अनुसार यो नेपालको ८० वर्षको इतिहासमै सबैभन्दा कम हो। २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो। सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशतले भएको पनि बताएइएको छ।

नेपालको वार्षिक जनसंख्या वृद्धि ०.९२ प्रतिशत
नेपालमा हाल २ करोड ९१/९२ लाखको हाराहारीमा जनसंख्या छ। ०.९२ को दरले वार्षिक रुपमा जनसंख्या वृद्धिदर भइरहेको छ। जनसंख्या वृद्धिदर वार्षिक रुपमा एक प्रतिशत भन्दा तल छ। 

करिव ८० वर्षको इतिहासमा एक भन्दा तल वार्षिक जनसंख्या वृद्धिदर यो पहिलो पटक हो। २०६८ साल र २०७८ सालको अवधिमा करिव २७ लाखको वृद्धि भएको थियो। सबैभन्दा बढी जनसंख्या वृद्धि लुम्बिनी प्रदेशमा १३.८ प्रतिशत भएको छ।


नेपालमा ६० प्रतिशत एकल परिवार
जम्मा दुई पुस्ता (आमाबुबा र छोराछोरी) मात्रै रहने एकल परिवार भनिन्छ। त्यो बाहेकको परिवार संयुक्त परिवार हो। परिवारको संरचनाले पनि हरेक कुराहरु आर्थिक तथा सामाजिक संरचनाहरुमा सकारात्मक वा नकारात्मक प्रभाव पार्दछ। नेपालमा अहिले ६० प्रतिशत एकल परिवार रहेका छन्।

४० प्रतिशत संयुक्त परिवारमा बसोवास गर्दछन्। मधेस प्रदेशमा संयुक्त परिवारको अवधारणा बढी छ। बागमतीमा एकल परिवार बढी छ भने संयुक्त परिवार बसोवास गर्ने प्रदेशमा वागमती अन्तिममा पर्छ।

एक वर्षमा नेपालमा शिशुहरुको कोरा जन्मदर १४.२ प्रतिशत
एक वर्षमा शिशुहरुको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्मशर्त जन्म भएको देखिन्छ। जन्मिने हिसावको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा छ।

गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ। यसको प्रभाव कोरा जन्मदरमा पनि परेको देखिन्छ। प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ। यो सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ।

कोरा जन्मदर घट्दो क्रममा छ। २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ। ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ।

सबैभन्दा बढी छोरी जन्माउने कर्णाली प्रदेश
एउटा (१५—४९) वर्षका महिलाहरुले आफ्नो प्रजनन उमेरमा जन्माउने जम्माजम्मी छोरीहरुको संख्या १ जना महिलाले नेपालमा प्वाइन्ट ७३ छोरीहरु जन्माउँछन्। सबैभन्दा बढी छोरी जन्माउने ठाउँ कर्णाली प्रदेश हो। कर्णालीमा सय जनामा ७९ जना महिलाहरुले छोरीहरु जन्माएको देखिन्छ।

सबैभन्दा कम छोरीहरुको जन्म वागमती प्रदेशमा भएको छ। छोरीहरुको संख्या जति घट्छ जन्मदर द्रुत गतिमा घट्दै जाने खतरा हुन्छ। सोही अनुसार नेपालमा पनि खतरा देखिएको निर्देशक लामिछानेले बताउनु भयो। प्रतिहजार महिलाहरुमा २२२ जना बच्चाहरु वागमती प्रदेशमा जन्मिने गरेका छन् भने मधेस प्रदेशमा सबैभन्दा बढी हजार जना महिलामा ४०१ जना जन्मिने गरेका छन्।

एउटा महिलाले आफ्नो जीवनकालमा १.९४ जना बच्चा जन्माउँछन्
१५ देखि ४९ वर्षका उमेरका महिलाहरुले औषतमा बच्चा जन्माउने औषत उमेर कर्णाली प्रदेशमा करिव करिव २७ वर्ष (२६.९) रहेको छ। त्यस्तै वागमती प्रदेशमा २८.४ छ। उमेर जति घट्दै गयो, त्यति नै बच्चा जन्माउने दर घट्दै जान्छ।

अहिलेको प्रजनन दर एउटा महिलाले १५ देखि ४९ वर्षका महिलाले सरदर उसको जीवनकालमा कति जना बच्चा जन्माउँछन् भनेर हेर्दा १.९४ जना बच्चा जन्माएको देखिन्छ। सरदर एउटा महिलाले २.१ (१० जना महिलाले २१ वटा बच्चा) जन्मायो भने रिप्लेसमेण्ट लेभलमा जान्छ।

नेपालमा रिप्लेसमेण्ट लेभल भन्दा दर तल गएको छ। प्रजनन दर अहिले २ भन्दा पनि तल गएको अवस्था छ। राज्यले यस विषयलाई समयमा नै सम्बोधन गर्नुपर्ने निर्देशक लामिछानेले बताए।

गण्डकी प्रदेशमा आन्तरिक बसाईं सर्नेहरु सबैभन्दा बढी
गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाईं सरेका छन्। यो पाँच वर्षको तथ्यांक हो। वागमती प्रदेशमा करिव १ लाखमा ५४ जना बसाईं सरेको तथ्यांकले देखाएको छ। कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ।

५ वर्षमा बाह्य बसाईं सर्ने नेपालीहरु प्रति एक लाखमा ३७ सय ५२ जना
५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना बाह्य बसाईं सराई भएका छन्। प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाईं सरेका छन्। दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ।

लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन्। सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ।