पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

 क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन भारतीय नागरिकलाई पक्राउ गरेको  जनाएको छ । पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्या आरोपमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह पक्राउ परेको क्यानडा प्रहरीले जनाएको छ ।

तीनै जनालाई क्यानडाको एक सहर अल्बर्टाको एडमन्टनबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरु विगत कम्तिमा तीनवर्षदेखि क्यानडामा बस्दै आएका थिए । पक्राउ परेका तीनै जनालाई हत्या र हत्याको षड्यन्त्र गरेको आरोप लगाइएको छ । पक्राउ परेका माथि छुट्टाछुट्टै अनुसन्धान भइरहेको छ।

यस्तै, उक्त हत्यामा अरु पनि संलग्न हुन सक्ने र थप पक्राउ वा मुद्दा लाग्न सक्ने प्रहरीले जनाएको छ । गत वर्षको जुनमा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय निज्जरको गोली हानी हत्या गरेका थिए । निज्जरको हत्यापछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो ।

निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसमा भारतको संलग्नता रहेको आरोप लगाउँदै आफूसँग यथेष्ट प्रमाण रहेको बताउँदै आएका थिए । तर, भारतले उनको आरोपे अस्वीकार गर्दै आएको छ । प्रहरीले भारत सरकारसँगको सम्बन्धसहित अनुसन्धान जारी रहेको जनाएको छ ।

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

मन्त्री श्रेष्ठद्वारा धुलिखेलमा राष्ट्रिय हक्की खेल मैदानको निरीक्षण

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

समृद्ध नेपाल बनाउने सङ्कल्प एमालेले पूरा गर्छः उपाध्यक्ष पाण्डे

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्यो

अफगानिस्तान: विदेशीलाई लक्षित गरी सबैभन्दा ठूलो हमला, मृत्यु हुनेको संख्या बढ्…

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नीतिमा परिवर्तन

शेयर बजारले बदल्दै समाज : नयाँ कमिसन दरको लागूतर्फ, राष्ट्र बैंकको मौद्रिक नी…

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

दुई महिलासहित ७ जनालाई फाँसी, मे महिनामा अहिलेसम्म ५० जनालाई मृत्युदण्ड

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु