वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

असफल बने कुलमानः औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ, गाउँघरमा साँझ हुँदैन बत्ती

पहिलो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त भएर चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसपटक असफल भएका छन्। भारतबाट महँगोमा विजुली किनेर मुलुकलाई लोडसेडिङमुक्त बनाए पनि त्यो दिगो हुन सकेन। फलस्वरुप अहिले औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टासम्म लोडसेसडिङ भइरहेको छ। कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो।

अहिले रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाइरहेको छ। यो विजुली निकै महँगो हुन्छ ।ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ ।

https://barnanmedia.com/news/detail/174299/

रवि लामिछाने भर्सेस कैलाश सिरोहिया, कसले जित्ला युद्ध ?

अहिले देशमा नेपालको सबैभन्दा ठूलो मिडिया कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया र सञ्चार पृष्ठभूमिबाटै राजनीतिमा गएका रवि लामिछाने आमनेसामने भएका छन् । खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो मुख्य सत्रु नै कैलाश सिरोहियाजसरी युद्धको शंखघोष गरेका छन् ।

रविले सिरोहिया परिवार र कान्तिपुरविरुद्ध विषवमन गर्न थालेको आज होइन । पहिलोपल्ट गृहमन्त्री भएर केही दिनमै सत्ता छाड्नुपरेपछि उनको आक्रोशको ज्वाला सम्पूर्ण मिडियाविरुद्ध पोखिएको थियो । उनले कान्तिपुर लगायतका मिडियालाई १२ भाइको संज्ञा दिएनन् कि, कैलाशका छोरा सम्भवलाई आरोपित गरेनन् कि ? 

https://barnanmedia.com/news/detail/174301/

सर्वाेच्चद्धारा बरिष्ठको उपाधी प्रदान गर्ने तयारी

 सर्वाेच्च अदालतले अधिवक्ताहरुलाई प्रदान गर्ने बरिष्ठ अधिवक्ताको उपाधी यो पटक पनि दिने अन्तिम तयारी सर्वाेच्च अदालतले गरेको छ । 

२०७६ सालमा बरिष्ठ अधिवक्ताको उपाधी सम्बन्धी मापदण्ड लागू भई सो मापदण्ड पूरा गरेका अधिवक्ताहरुलाई २०७९ मा एकपटक दिइसकिएको र २०८० सालमा विवरण पेश गर्ने अधिवक्ताहरुलाई बरिष्ठको उपाधी प्रदान गर्ने अन्तिम तयारी भइरहेको सर्वाेच्च अदालत उच्च शुत्रले जानकारी दिएको छ । 

https://barnanmedia.com/news/detail/174307/

 

बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा

आगामी वैशाख २४ गतेदेखि बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा आउने भएको छ । प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० पारित भएको एक सय ८० दिन पूरा भई कार्यान्वयनमा आउन लागेको हो । उक्त ऐन विसं २०८० कात्तिक २३ गते बागमती प्रदेशसभाबाट पारित भएको थियो ।

बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा  आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा संविधानमा गरिएको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ऐन यही वैशाख २४गतेदेखि कार्यान्वयनमा आउने जानकारी दिइयो । 

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । सोही दिन अपराह्न ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । 

वैशाख ६ गते नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष पक्षधर सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी प्रदेशसभामा चार सदस्य रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता हुन् । प्रदेशसभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा मुख्यमन्त्री छन् । 
 

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओटावामा बुधबार आयोजित विशेष समारोहमा उहाँले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको  हो । 

ओहोदाको प्रमाणपत्र पेस गरेपछि गभर्नर जनरलसँग भएको शिष्टाचार भेटमा राजदूत पौड्यालले राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट उहाँको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै क्यानडाका मित्रवत् जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको ओटावास्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै

संघीय संसदअन्तर्गत आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार शिक्षा, बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।बैठकमा शान्ति प्रकृया, संक्रमणकालिन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारवाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा राष्ट्रिय राजमार्ग र राष्ट्रिय गौरवका आयोजनाहरु र बुटवल–नारायणगढ सडक, नागढुङ्गा–मुग्लिन सडक, मुग्लिन–पोखरा सडकको बारेमा छलफल हुनेछ ।

सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी

क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको षड्यन्त्रमा संलग्न सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेले आफूलाई बलात्कार मुद्दामा फसाइएको दाबी गर्दै यो ‘षड्यन्त्र’ रच्ने सबैको नाम सार्वजनिक गर्ने चेतावनी दिएका हुन् ।

बुधबार मध्यराति फेसबुकमा स्टाटस लेख्दै उनले षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन् । ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्,’ उनले भनेका छन् ।

https://barnanmedia.com/news/detail/174316/

जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार जीबी राईबारे सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेको छ।

गृहमन्त्री लामिछानले जीबी राईको हत्या गराइसकेको भनी भ्रम फैलाएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले खनाललाई पक्राउ गरेको हो।

१६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा

 गृह मन्त्रालयले १६ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक विभाग प्रमुख चन्द्र प्रकाश गौतमका अनुसार  सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ देहायका सशस्त्र प्रहरी नायब महानिरीक्षकहरुको सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३५ को उपनियम १ को (ख) अनुसार डीआईजीहरूको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी मुख्यालयको मानव स्रोत विभागका डीआईजी किशोर प्रधानको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भएको छ । उनको नाम सूचीको पहिलो नम्बरमा रहेको छ। 

सुन आज तोलाको दुई हजारले बढ्यो

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलाको एक लाख ३४ हजार ५०० मा कारोबार भएको थियो भने तेजावी सुन तोलाको एक लाख ३३ हजार ८५० मा कारोबार भएको थियो ।  

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ । 

    एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ । 

 

निर्वाचन आयोगले बुझायो राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन

 निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहिबार राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य उपनिर्वाचन, २०८१ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाएका हुन् ।

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार जुममार्फत सम्पन्न अधिवेशनले राईको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल र बासु सत्याल चयन हुनुभएको छ । महासचिवमा शेरबहादुर परियार, उपमहासचिवमा भरत प्रधान, कलश खरेल र अशिम लोप्चन चयन हुनुभएको छ । सचिवमा महिन्दो वाइवा, रमेशराज बाँस्तोला र दिनेश गौतमलाई चयन हुनुभएको छ भने कोषाध्यक्षमा इन्दिरा चाम्लिङ चयन हुनुभएको छ ।

 तरकारीले बजार नपाउँदा किसान मर्कामा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसान यज्ञराज गौतमले सात कठ्ठा जग्गामा तरकारीखेती गर्नुभएको छ । उहाँले बारीमा लौका, फर्सी, काँक्रालगायतका तरकारी रोप्नुभएको छ । तरकारी उत्पादन मेहनतअनुसार राम्रै भएको छ । उत्पादित तरकारी बजारमा थोरैमात्रै बिक्री हुन थालेकामा गौतम चिन्तित हुनुहुन्छ ।

“बजारमा तरकारी बेच्न लैजाँदा लागत खर्च नै उठनेगरी व्यापारीकै दरभाउमा बेच्नुपर्ने भएको छ”, गौतमले भन्नुभयो, “तरकारी उत्पादन गर्दा लागेको खर्च नै नउठ्ने भएपछि निराश भएका छौँ ।” उत्पादित तरकारी रु १० देखि रु १५ प्रतिकिलोका दरले पनि मुस्किलले बिक्री हुन थालेको उहाँले बताउनुभयो ।

बालेन्द्र शाहलाई एमालेका अध्यक्ष ओलीको प्रश्न: सुकुम्वासीका छाप्रामा कहिलेसम्म डोजर ?

 नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका गरिब र सुकुम्वासीप्रति अनुदार देखिएको आरोप लगाएका छन्।

भूमि अधिकार तथा श्रमिक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गरिब र सुकुम्वासी देख्नै नहुने कुनै पनि सरकारले गर्न नहुने बताए।