सशस्त्र प्रहरी बल नेपालका १८ जना उपरीक्ष एसएसपीको सरुवा को कहाँ?

काठमाडौँ, १९ वैशाख : सशस्त्र प्रहरी बल नेपालका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ।

गृहमन्त्री रवि लामिछानेले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन्।

साधारण समूह तर्फका १६ जना र इन्जिनियरिङ तर्फका २ जना एसएसपीको सरुवा गरिएको छ।

यो निर्णयसँगै विभाग र बाहिनीहरूका एसएसपी फेरिएका हुन्। एसएसपीसँगै डीआईजीहरूको पनि सरुवा गरिएको छ।

एक वर्ष पूरा भइसकेका डीआईजीको नियमित सरुवा गरिएको हो।