चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने,कति बढ्याे त ?

चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने भएकाे छ।राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय  ४५ डलर वृद्धि भएर १४ सय ३४ अमेरिकी डलर हुने अनुमान गरेको हो। 

गत आर्थिक वर्ष २०७९/८० मा १३ सय ८९ डलर प्रतिव्यक्ति आय रहेको थियो। त्यसकाे तुलनामा याे पालि  ४५ डलरले  वृद्धि भएकाे हाे।

त्यसैगरि चालू आर्थिक वर्ष २०८०/८१ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ५६ अमेरिकी डलर हुने अनुमान छ।जबकि गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ०५ अमेरिकी डलर मात्र रहेको थियो।