योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्त्व दिने बताएका छन् । 

उपनिर्वाचन अन्तर्गत इलाम २ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङको विजयी सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले जे बोल्ने त्यो गर्ने भन्दै इमान र नैतिकताको बन्धनलाई एमालेले तोड्न नसक्ने बताएका हुन् । 
 
उपनिर्वाचन र एमाले उम्मेदवार सुहाङ नेम्वाङबारे उठेका प्रश्नको जवाफ उपनिर्वाचनको परिणामले दिएको ओलीले बताए । 

अनेक प्रश्नहरू उठेका थिए ती प्रश्नको जवाफ एमालेका नेता कार्यकर्ताले व्यवहारबाट दिनुभएको छ’, ओलीले प्रश्न गर्दै भने, ‘एमालेमा असन्तुष्टि हुन्छ, राजाको छोरो राजा हुन्छ । कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र राजाको छोरो राजा सुहाङ हुनु ?’

‘योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ त ?’, ओलीले आलोचकहरूलाई जवाफ दिए । उनले एमालेका सबै नेता कार्यकर्ता सबै यस्तै भएको र एकताबद्ध प्रयासलाई प्रशंसा गरे । उनले उपनिर्वाचनमा एमालेको जित राष्ट्र निर्माणमा एउटा सिडी थपिएको बताए