भोजपुरमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो। 

आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटना हुँदा आमचोक गाउँपालिका–१० पाङ्चाकी २५ वर्षीया रूना राई र सोही ठाउँकी २६ वर्षीया शान्ति राईको मृत्यु भएको प्रहरीले जनाएको छ।


रुनाको घटनास्थलमै र शान्तिको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। घाइते सबैलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  पठाइएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।