अमेरिकी कवयित्री लुइस ग्लकलाई साहित्यको नोबेल पुरस्कार

स्टकहोम- अमेरिकी कवयित्री लुइस ग्लकलाई सन् २०२० को साहित्यको नोबेल पुरस्कार प्रदान गरिएको छ। स्विडिस एकेडमीका स्थायी सचिव म्याट्स माल्मले स्टकहोममा बिहीबार साहित्यको नोबेल पुरस्कारबारे घोषणा गरेका हुन् ।
ग्लकको सानदार काव्यात्मक आवाजका लागि यो पुरस्कार प्रदान गरिएको हो । यसले ग्लकको सरलतमा भरिएको सुन्दरतासँगै व्यक्तिगत अस्तित्वलाई विश्वस्तरको बनाइदिएको छ ।
नोबेल पुरस्कारस्वरूप स्वर्ण पदक, १ करोड स्विडिस क्रोनर (स्विडेनको मुद्रा) राशि प्रदान गरिन्छ । यो पुरस्कार स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा दिने गरिन्छ ।
इसअघि क्यामेस्ट्रीमा इम्यानुअल सार्पेन्ची र जेनफिर डाउडनालाई जिनोम एडिटिङको तरिका खोजी गरेबापत नोबेल पुरस्कार दिइएको थियो ।
यसैगरी ब्ल्याक होलसम्बन्धी खोजका लागि तिन वैज्ञानिहरूले यस वर्षको भौतिक विषयको नोबेल पुरस्कार पाएका थिए ।
रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले मंगलबार ब्रिटेनका रोजर पेनरोसेलाई ब्ल्याकहोलसम्बन्धी खोजका लागि तथा जर्मनीका रिनहार्ड गेन्जेल र अमेरिकाकी एन्ड्रिया गेजलाई हाम्रो आकाशगंगाको केन्द्रमा 'सुपरम्यासिभ कम्प्याक्ट अब्जेक्ट' सम्बन्धी खोजका लागि यो प्रतिष्ठित पुरस्कार दिइएको बताएका थिए । (एजेन्सी)