बजारमा कम गुणस्तरका ‘वाइ-वाइ’का चाउचाउ भेटिए , महानगरले चौधरी ग्रुपलाई तिरायाे जरिवाना

काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो।

वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।  स्थलगत निरीक्षण गर्दा चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई तयारी चाउचाउमा निम्न गुणस्तरको पाल्म तेल प्रयोग गरिएको भेटिएको थियो।

त्यसदिन भेटिएको अन्दाजी १५/१६ कार्टुन त्यही दिन डिलरको प्रतिनिधिको रोहबरमा नष्ट गरिएको थियो।