कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वास मत पाएका छन् । आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिएका हुन् । आजको बैठकमा ३५ जना सहभागी सदस्य मध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ मत परेको थियो भने उनको विपक्षमा १२ मत परेको थियो । यस्तै १ सदस्य तटस्थ बसेका थिए । एमालेका कँडेल चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् ।