एक युवकले गरे चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या

काठमाडौं । तनहुँमा एक युवकले शुक्रबार दिउँसो चक्कु प्रहार गरी आफ्नो बुवाको हत्या गरेको आरोप लागेको छ । 

म्याग्दे गाउँपालिका-६ घर भएर हाल शुक्लागण्डकी नगरपालिका-९ घारी स्थितमा छोरी रस्मी बिकको घरमा बस्दै आएका ७६ वर्षीय रापबहादुर बिकलाई छोरा २६ वर्षीय दिपक बिकले हत्या गरेको आरोप लागेको हो ।

धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको, उक्त घटनामा संलग्न छोरालाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए ।