प्रहरी प्रधान कार्यालयले भन्याे:सादा पोशाकमा प्रहरी परिचालन नगर्नू

सादा पोशाकमा जनशक्ति परिचालन नगर्न नेपाल प्रहरी (Nepal Police) को प्रधान कार्यालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन भन्दै निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो ।

‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ निजहरुको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ’, परिपत्रमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।

कार्यालयले नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन पनि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालयलाई भनेको छ ।