संसद पुनर्स्थापनाको खुशीयालीमा दाहाल र नेपालले एकआपसमा लड्डु खुवाए

चितवन।प्रतिनिधिसभा पुनःस्थापनालाइ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) दाहाल-नेपाल समूहका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जनताको जीत भन्दै खुशीयाली मनाएका छन् ।

चितवन पुगेका दाहाल-नेपालले संसद पुनर्स्थापनाको खुशीयालीमा एकअर्कालाई लड्डु खुवाएर खुशी मनाए ।दुवै नेताले संसद पुनर्स्थापनाको फैसलालाई जनताको जीत भनेका छन् ।अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई पदबाट तत्काल राजीनामा दिन समेत आग्रह गरेका छन्।

नेताद्वयले एकले अर्कालाइ लड्डु खुवाएर खुशीयाली मनाएकाे तस्बिर प्रचण्ड पुत्री गंगा दाहाले सामाजिक सञ्जालमा राख्दै बधाई दिएकी छिन् ।