पुष्पकमल दाहाल विरुद सर्वोच्चमा अवहेलना मुद्धा दर्ता , भोलिको लागि पेसी तोकियो

काठमाडौँ नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल विरुद सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्धा दर्ता भएको छ ।

न्यायाधीश र सर्वोच्च अदालतलाई सार्वजनिक रुपमा धम्की दिएको भन्दै अधिवक्ता समीर हायूले दाहाल विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता गराएका छन्। सर्वोच्च अदालतले अधिवक्ता समीर हायूको निवेदन आज दर्ता गरी भोलिको लागि पेसी तोकेको छ ।दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसमामुख दमननाथ ढुंगाना र पूर्वप्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता भइसकेको छ । उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।