आज सहिद दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै

काठमाडाै‌‍‌ । आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ ।

सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द तथा गंगालाल श्रेष्ठलाई निरंकुश राणा शासनविरुद्ध क्रान्ति गरेकामा मृत्युदण्ड दिइएको थियो । तीनै वीर सहिदहरुको सम्मानमा सहिद दिवस मनाउन थालिएको हो ।

वि।सं। १९९० साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकू दोभानमा, १२ गते धर्मभक्त माथेमालाई सिफलमा, १४ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा तत्कालीन राणशासनले मृत्युदण्ड दिएको थियो ।

त्यसैको सम्मानमा नेपालमा प्रत्येक वर्ष माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाउने गरिएको छ ।

माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाइँदै आएकामा आज सहिद सप्ताहको अन्तिम दिन पनि हो ।