प्रदेश नं १ मा १०० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा गरिएको ३६३ जनाको पिसिआर परीक्षणमा आठ महिलासहित १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सोही अवधिमा १०० जना निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार १५५ पुगेको छ भने सङ्क्रमित हुनेको सङ्ख्या २९ हजार ९४७ छन् । अहिले पनि प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३२९ छन् ।

आज थपिएका सङ्क्रमितमा सुनसरीमा नौ, मोरङमा पाँचमध्ये विराटनगरमा तीन, झापामा चार र तेह्रथुममा एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म दुई लाख ११ हजार ८८ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।