२४ घण्टामा थप एक हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं -पछिल्लो २४ घण्टामा आज थप एक हजार ५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा दश हजार एक सय ३३ नमुना परीक्षण गर्दा एक हजार ५ सय ७३ जनामा संक्रमण पुष्टि भएको हो । साथै हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ ।