युएई खाडी मुलुकहरूका बिचमा महाशक्तिका रूपमा उदाउँदै

सन् २०२० मा संयुक्त अरब इमिरेट्स ९युएई० का लागि धेरै महत्त्वपूर्ण देखिएको छ । यसै वर्ष उसले मंगल ग्रहका लागि मिसन सुरु गरेको छ । इज्राइलसँग ऐतिहासिक शान्ति वार्तामा पनि हस्ताक्षर गरेको छ ।

कोभिड(१९ को संक्रमण नियन्त्रणमा पनि सफल भएर आफ्नो देशमा बनेका पिपिई ब्रिटेनलाई उपलब्ध गराएको छ । युएई टर्कीसँग रणनीतिक संघर्ष गर्ने अवस्थामा पुगेको छ । उसले लिबिया, यमन र सोमालियामा पनि प्रभाव पारेको छ ।

युएईले आगामी वर्ष स्वतन्त्रताको ५०औँ वर्ष मनाउँदै छ । अब युएईको विश्वको रणनीति कस्तो रहन्छ र उसले कसलाई साथ दिन्छ भन्ने हेर्नुपर्ने भएको छ । यूएईले यमनको युद्धमा आफ्नो भूमिका सीमित गरे पनि त्यस क्षेत्रमा टर्कीको बढ्दो प्रभावमा नियन्त्रण गर्ने उसको प्रयास जारी नै छ ।
सोमालीको राजधानी मोगादिसुमा टर्कीको प्रभाव हुनाले युएईले सोमाली ल्यान्डबाट अलग हुने क्षेत्रहरूलाई समर्थन गरेको छ । युएईले अदनको खाडीको बेरबेरामा आफ्नो आधार तयार गर्दै छ । युद्धरत लिबियामा युएईले रुस र मिस्रलाइ साथ दिएको छ । उनीहरू पूर्वी भागमा खलिफा हफ्तारका सेनालाई सघाउँदै छन् । पश्चिमी भागमा टर्की र कतारको सहयोग खलिफाको विद्रोहमा उत्रिएका विद्रोहीहरूले पाएका छन् ।

सेप्टम्बरमा युएईले जहाज र फाइटर जेट विमान क्रेटे द्वीपमा ग्रिससँग संयुक्त अभ्यासका लागि पठाएको छ । पूर्वी भूमध्यसागरीय क्षेत्रमा टर्कीसँग ड्रिलिङको अधिकारका विषयमा हुन सक्ने विमतिलाई मध्यनजर गर्दै उसलसे यो कदम उठाएको हो ।

अमेरिकाले दबाब दिएपछि संयुक्त अरब इमिरेट्स र इज्राइलको सम्बन्धमा अचानक एक नाटकीय परिवर्तन देखिएको छ । दुवै देशले शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताका आधारमा एकातर्फ हेल्थ केयर, बायोटेक, सांस्कृतिक र व्यापारिक क्षेत्रमा उल्लेखनीय कारोबार भए भने अर्कोतर्फ इज्राइलको प्रविधि उपयोग गरेर बलियो रणनीतिक सैन्य एवं सुरक्षा सम्बन्ध विकसित गर्ने मार्ग पनि प्रशस्त भएको छ ।

यी दुवै मुलुकको इरानसँग राम्रो सम्बन्ध छैन । इरानले यस सम्झौताको खुलेरै विरोध गरेको छ । साथै टर्की र प्यालेस्टाइनले युएईमाथि प्यालेस्टिनीलाई धोका दिएको आरोप लगाएको छ ।

युएईको महत्त्वाकांक्षा यहीँ सकिएको छैन । अमेरिकाको सहयोगमा उसले मंगल ग्रहका लागि मिसन लन्च गर्दै छ । युएईको यस होपु नामक मिसनको २ सय मिलियन डलर लागत छ ।
सुदूर जापानी द्वीपबाट लन्च गरेपछि यो स्पेसक्राफ्ट १ लाख २६ हजार किलोमिटर प्रतिघण्टाको गतिमा अन्तरिक्षमा यात्रा गर्दै छ । यसले ४९५ मिलियन किलोमिटर दूरी फेब्रुबरमी तय गर्दै छ ।

स्पेसक्राफ्टले मंगल ग्रह कक्षमा पुगेपछि त्यहाँको वातावरणमा रहेको ग्यासबारे जानकारी संकलन गरेर पृथ्वीमा पठाउनेछ ।
युएईका विदेशमन्त्री अनवर गारगासले भनेका छन्, हमी विश्वस्तरमा भूमिका निभाउन चाहन्छौँ । हामी बाधा पन्छाउन चाहन्छौँ, ती बाधा पन्छाउन हामीले केही रणनीतिक जोखिम उठाउनैपर्छ ।यद्यपि फटाफट विश्वस्तरमा आउने विषयमा केही चिन्ताहरू पनि छन् ।
खाडी मुलुकहरूका मुद्दाका विशेषज्ञ माइकल स्टिफन्स भन्छन्, युएई अरब क्षेत्रमा एक सबैभन्दा बलियो सैन्यशक्ति भएकामा कुनै सन्देह छैन । युएर्इ विदेशमा सैना तैनाथ गर्न सक्षम छ । खाडीका अन्य देश सक्दैनन् । युएईको सैन्य संख्या र क्षमता भने सीमित छ । एकै पटक धेरै समस्याको सामना गर्न उसका लागि जोखिमपूर्ण छ र लामो समयपछि यो घातक हुन पनि सक्छ । ९बिबिसी०