प्रभु इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमासिक नाफा  २५ करोड ४० लाख

गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रभु इन्सुरेन्सको नाफा सामान्य वृद्धि भएको छ । यस अवधिमा नाफा १।१५५ ले बढेर २५ करोड ४० लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले २५ करोड ११ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बिमा कोषको आकारमा भने आकर्षक वृद्धि भएको छ । १ वर्षमा बिमा कोष २२५ ले बढेर ७० करोड ४२ लाख ५६ हजार रुपैयाँ बराबर पुगेको छ ।

अघिल्लो वर्ष बिमा कोषमा ५७ करोड ७२ लाख ३७ हजार रुपैयाँमात्र थियो । यता, खुद बिमा शुल्क भने ३।५६५ ले घटेर ४९ करोड ११ लाख ३४ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्ष यसले ५० करोड ९३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

असार मसान्तसम्म प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ छ ।

जगेडा कोषमा २१ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको छ । महाविपत्ति जगेडामा ९ करोड ७६ लाख ४१ हजार रुपैयाँ छ । यस अवधिमा कम्पनीले कुल २६ करोड ९४ लाख ८३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम २० करोड ५२ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ छ ।