वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

नेप्से लगातार ओरालो, सेयर बजार मुर्झाएकै हो त ?

बिमा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने निर्णयले सेयर बजार परिसूचक बढ्ने अपेक्षा लगानीकर्ताको थियो । तर अहिले विपरीत तरंग पैदा भएको छ । बैंकमा रहेको तरलता अभाव र चर्को ब्याजदरको प्रभाव बजारमा परिरहेको छ । तरलता र ब्याजदरले पूँजी बजारमा मात्रै होइन, समग्र अर्थतन्त्रमा नै असर पारिरहेको छ । त्यसैले नियामक निकायले ल्याएका नीतिगत निर्णयले बजारमा तत्काल प्रतिकृया देखाउन नसकेको विश्लेषण गरिएको छ ।

गत बिहीबार बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेपछि सेयर लगानीकर्तामाझ तरंग पैदा गरेको थियो । र लगानीकर्ताले बजार बढ्ने आकलन गरेका थिए ।

https://barnanmedia.com/detail/1648508667-l-ol-b-e-ni

गठबन्धन भत्काउन नसक्दा एमालेलाई चुनावी सकस

 प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्ने निश्चित भएको छ । आज पुनः बस्ने बैठकले चुनावी गठबन्धनको मापदण्ड तय गर्नेछ।

कांग्रेसले चुनावी मापदण्डको तालमेल भने कसिलो बनाउने भएको छ ।कांग्रेसको मुख्य प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हुने प्रारम्भिक अनुमान भइरहँदा सत्ता गठबन्धनका दलहरुबीच चुनावी गठबन्धन गरेर उसलाई ‘साइज’मा ल्याउने रणनीतिमा लागेका छन् ।

https://barnanmedia.com/detail/1648509071-b-u-ellii-18

आसन्न चुनावमा आफैभित्रको समस्याले थलिँदै छ कांग्रेस

 प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी पनि माओवादी र समाजवादीसँग गठबन्धन गरेर चुनावमा एमालेको सामना गर्नुपर्ने अडानमा छन् । अर्का नेता रामचन्द्र पौडेलले त एमालेलाई साइजमा राख्नकै लागि भए पनि समाजवादी र माओवादीलाई भोट हालिदिनू भन्दै कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिँदै हिँडेका छन् । त्यसपछि गठबन्धनको पक्षमा उभिने कोही कांग्रेसी छन् भने देउवापत्नी आरजू राणा नै हुन् । उनले केही दिनअघि धनगढी पुगेर गठबन्धन कायमै राख्नुपर्ने धारणा सार्वजनिक गरेकी थिइन् ।

https://barnanmedia.com/detail/1648509379-aa-aa-l-l-12

मुलुककै ठूलो त्रिवि केन्द्रीय पुस्तकालयको अत्याधुनिक भवन निर्माण सुरु

मुलुककै ठूलो त्रिवि केन्द्रीय पुस्तकालयको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। भवन ३६ करोड ११ लाख ६६ हजार २ सय ९१ रुपैयाँ ३७ पैसा लागतमा निर्माण सुरु भएको हो। २०७८ पुस ६ देखि १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी केसी हनुमान जेभी ललितपुरले ठेक्का पाएको छ।

२०७२ को विनाशकारी भूकम्पबाट पुस्तकालय भवनको केही भाग क्षतिग्रस्त भएपछि त्यहाँ बसेर पढ्नेका लागि समस्या भएको थियो। भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा क्षेत्र परियोजनाको भूकम्पपछि पुनर्निर्माण कार्यक्रमअन्तर्गत कीर्तिपुरस्थित गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन भन्न लागेको छ। भवनमा आधुनिक सुविधासहितको विपद् प्रतिरोधी ढाँचामा तीन तलाको लिफ्ट तथा हिटिङ कुलिङ सुविधा हुनेछ।

३६ जना प्रहरी नायब उपरीक्षकहरूको सरुवा, हेर्नुस (सूचीसहित)

 प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ ।सोमवार प्रधान कार्यालयले उनीहरूलाई सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षकको सोमवारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ ।

https://barnanmedia.com/detail/1648514089-b-u-hp

मोटरसाइकल दुघटनामा चार बालकको मृत्यु, एक घाइते

धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ । 

भादगाउँ खानेपानीमा नगर विकास कोषको तीन करोड ८१ लाख ऋण लगानी

 खानेपानी तथा सरसफाई आयोजना अन्तरगत भादगाउँ खानेपानी तथा सरसफाई आयोजना, तनहुँमा नगर विकास कोषको तीन करोड ८१ लाख रुपियाँ ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाई क्षेत्र सह–लगानी आयोजना अन्तरगत भादगाउँ करादी (खिरखाँदी) खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्ति तर्फ) १५ करोड २४ लाख ३६ हजार रुपियाँ को २५ प्रतिशतले हुने रकम तीन करोड ८१ लाख रुपियाँ कोषबाट ऋण लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भाद

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको सङ्ख्या १७५ पुगेको छ । द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका राजदूत अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र दक्षिण सुडानका राजदूत अकुएई बोना मालवालले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित संक्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

कञ्चनपुरमा पुरुषभन्दा महिला मतदाता बढी : निर्वाचन अधिकृत को–कहाँ ?

स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ । जसअनुसार पुरुष मतदाताको सङ्ख्या एक लाख ४३ हजार २४१, महिला मतदाताको सङ्ख्या एक लाख ५२ हजार ११२ रहेको छ ।

पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या आठ हजार ८७१ ले बढी छ ।

अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताउनुभयो 

पेरुका राष्ट्रपति कास्टिलो महाभियोगबाट जोगिए

पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले आठ घण्टाभन्दा बढी लामो संसदीय बहस पछि सोमबार विपक्षी-प्रभावित कंग्रेसद्वारा अभियोजित महाभियोगबाट जोगिएका छन् ।

कुल ५५ सांसद्ले महाभियोगको पक्षमा मतदान गरेका थिए भने ५४ जनाले विपक्षमा र १९ जना अनुपस्थित रहेका थिए । भ्रष्टाचार र नैतिक अक्षमताको आरोप लागेका उनका विरुद्ध महाभियोग पास गराउन ८७ मत आवश्यक थियो।

महासङ्घ गठनसहित १४ बुँदे घोषणापत्र

पोखरामा सम्पन्न न्यायिक समितिको राष्ट्रिय सम्मेलनले न्यायिक समिति महासङ्घ गठनसहित १४ बुँदे घोषणापत्र जारी गरेको छ ।

सम्मेलनका अवसरमा न्यायिक समिति महासङ्घ गठन गरी सो मार्फत आगामी दिनमा न्यायिक समितिका अनुभव साझेदारी गर्ने तथा संविधान र ऐनको प्रभावकारी कार्यान्वयन गर्ने सिलसिलामा आयोजक संस्था पोखरा महानगरपालिका न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङको संयोजकत्वमा महासङ्घ गठन गरिएको हो ।

चुनावी गठबन्धनबारे कांग्रेसले आज आधिकारिक धारणा सार्वजनिक गर्ने

 प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने या नगर्ने भन्ने विषयमा आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

गत शुक्रबारदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांशले आफ्नो राय दिइसकेकाले आजको बैठकले गठबन्धनका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्न लागेकाे हाे।

इजरायली प्रधानमन्त्रीको भारत भ्रमण हाललाई स्थगित

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ ।

उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ ।“प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ, यसको नयाँ तालीका पछि सार्वजनिक गरिनेछ,” प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

चोरी भएको नगद तथा विभिन्न गरगहना सहित पक्राउ

चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहना सहित ललितपुर चापागाउँ बस्ने सिन्धुली सितलपाटी गाउँपालिका-१ घर भएका २४ वर्षीय राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ नरेफाट डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएकी ३० वर्षीया तिल माया मगरको कोठाबाट आइतबार दिउँसो चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनलाई चोरी भएको नगद तथा गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।

बाँकेमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

कागज उद्योग र कोरोगेटेड बक्स उद्योगीबीच किन बढ्यो विवाद ?

चाउचाउ, बिस्कुट, खाद्य पदार्थ तथा कार्गोमा प्रयोग हुने कोमल खालको कागज उत्पादनमा नेपाल आत्मनिर्भर भएपनि त्यससँग आश्रित उद्योग भने सधैँ कच्चा पदार्थको अभावमा सङ्कट झेल्नु परेको छ ।

कच्चा तथा एक पटक प्रयोग भइसकेको कागज पेलेर बनाइने त्यस्ता कागज उत्पादनमा नेपालले ठूलो प्रगति गरेको भए पनि व्यावसायिक रुपमा स्वार्थ बाझिँदा कागज उत्पादक र कोरगेटेड बक्स व्यवसायीका बीचमा विवाद देखा परेको छ । 

https://barnanmedia.com/detail/1648545664-u-b-ub-b-at

न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उहाँले विभिन्न समय र स्थानमा रही चाल्नुभएका कदमको समिति सदस्यले सो अवसरमा प्रशंसासमेत गर्नुभयो ।

मनाङमा स्थानीय तह निर्वाचनको तयारी तीव्र

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा तयारी तीव्र पारिएको छ । निर्वाचनका लागि जिल्लामा २०० कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय दलको मान्यता नपाएका अन्य दल दर्तादेखि स्थानीय तहसँगको समन्वयमा मतदाता नामावली अद्यावधिकलगायत आवश्यक काम तीव्र गतिमा भइरहेको कार्यालयका निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो ।

काठमाडौं विश्वकै प्रदूषित सहरकाे सूचीमा छैठौँ स्थानमा,हावाको गुणस्तर अस्वस्थकर

नेपाल विश्वकै प्रदूषित देशको सूचीमा १० औँ स्थानमा रहँदा काठमाडाैं विश्वकै प्रदूषित सहरकाे छैठौँ स्थानमा परेको छ। वायुको अनुगमन गर्ने स्वीस कम्पनी आइक्युएयरले सार्वजनिक गरेको सूचीमा काठमाडौं विश्वको छैठौँ प्रदूषित सहर बनेको छ।

काठमाडौंमा हावाको गुणस्तर अस्वस्थकर रहेको छ। मंगलबार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १ सय ६१ रहेको छ। एक सय ५० भन्दा माथि दुई सयसम्मलाई अस्वस्थकर र त्यसभन्दा माथि तीन सयसम्मलाई अति अस्वस्थकर मानिन्छ।सामान्यतया ० देखि ५० सम्मको एक्यूआईलाई राम्रो मानिन्छ।

छैटौँ भक्तपुर व्यापार मेला चैत २४ गतेदेखि

छैटौँ भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन व्यापार मेला यही चैत २४ गतेदेखि सुरु हुने भएको छ । भक्तपुरको औद्योगिक, सांस्कृतिक एवं पर्यटकीय प्रवद्र्धनका लागि सल्लाघारीस्थित तीनकुनेको १०८ रोपनी क्षेत्रफलमा उक्त मेला आयोजना गर्न लागिएको हो ।

नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको उक्त मेला वैशाख ४ गतेसम्म चल्नेछ । औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामा उक्त मेला आयोजना हुनेछ । उक्त मेलामा दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ताचप्पल, कृषि तथा हस्तकलाका सामाग्रीको प्रदर्शनी रहनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल्स, विद्युतीय कृषि औजारको प्रदर्शनीसमेत हुनेछ ।

छात्रालाई विद्यालय जान दिन तालिवान सरकारसँग युरोपेली संघको माग

 छात्रालाई विद्यालय जान पाउने व्यवस्था गर्न युरोपेली संघले अफगानिस्तानको तालिवान सरकारसँग माग गरेको छ ।

महिलालाई विद्यालय जान दिने तालिवान सरकारको यसअघिको निर्णय तत्काल कार्यान्वयन गर्न माग पनि संघले गरेको छ ।तालिवान सरकारले यही मार्च २३ देखि छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेकोमा निर्णय कार्यान्वयन हुनु केही घण्टा अगाडि निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको थियो ।

महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले चुनाव लड्ने

आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिइने भएका छन् ।

दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका प्रमुख तथा अध्यक्षले पुनः स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो ।

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्स्टेकको १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।