गठबन्धन भत्काउन नसक्दा एमालेलाई चुनावी सकस

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले चुनावी गठबन्धन गर्ने निश्चित भएको छ । आज पुनः बस्ने बैठकले चुनावी गठबन्धनको मापदण्ड तय गर्नेछ।

कांग्रेसले चुनावी मापदण्डको तालमेल भने कसिलो बनाउने भएको छ ।कांग्रेसको मुख्य प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हुने प्रारम्भिक अनुमान भइरहँदा सत्ता गठबन्धनका दलहरुबीच चुनावी गठबन्धन गरेर उसलाई ‘साइज’मा ल्याउने रणनीतिमा लागेका छन् ।

कांग्रेसले गर्ने निर्णयमाथि माओवादी केन्द्र र समाजवादीले चासो राखिरहेका छन् । कांग्रेसले गर्ने निर्णयले स्थानीय तहमा आफूहरुको उपस्थितिको ‘साइज’ मा फरक पर्ने आकलन गरेका छन् । ती दलले कांग्रेसले गर्ने निर्णयले समग्र मत परिणाममा असर गर्ने जनाइरहेका छन् ।

एकीकृत समाजवादीका नेताहरुले कांग्रेसले गठबन्धनको पक्षमा निर्णय गर्ने अपेक्षा गरेका छन् । एकीकृतसत्ताधारी दलहरुबीच स्थानीय तह निर्वाचनमा तालमेल गर्ने पक्कापक्की भए पछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दबाबमा परेको छ ।

सभापति शेरबहादुर देउवा विगतलाई बिर्सेर चुनावमा गठबन्धन गर्नुपर्ने पक्षमा छन्।कांग्रेसले यसअघि नै उपमहानगर र महानगरपालिकामा चुनावी तालमेल गर्ने र बाँकी पालिकामा आवश्यकता अनुसार अघि बढ्ने भनेको थिए । सत्तारुढ दलहरु तालमेलमार्फत सुरक्षित हुन खोजेपछि त्यसको दवाव प्रमुख प्रतिपक्षी एमालेलाई पर्नेछ ।एमाले जसरी हुन्छ गठबन्धन टुटाउने कसरतमा छ ।

देउवा पक्षका नेताहरु गठबन्धनको पक्षमा देखिएका छन् भने इतरपक्षले गठबन्धनको विरोध गरिरहेको छ । ।सत्ताधारी दलहरुको पक्कड भएका र नभएका ठाउँ छुट्युट्याएर चुनावी सहकार्य गर्ने रणनीति कांग्रेसको छ। कांग्रेस गठबन्धनको निष्कर्षमा पुगेपछि सत्तासाझेदार अरु चार दल आआफ्नो आधार क्षेत्र पहिचान र शक्ति बाँडफाँडको गृहकार्यमा जुट्दै छन् ।