एमसीसी विरोधी प्रदर्शनमा झडप,एक जना प्रदर्शनकारी सक्त घाइते

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ ।

प्रदर्शनका क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन् ।प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् ।

प्रहरीसँगको झडपमा घाइते भएका एकजना आन्दोलनकारीलाई बानेश्वरस्थित एभरेष्ट अस्पतालमा भर्ना गरिएको छ ।