ओलीले भने-दुई पाइलटले हुँदोरहेनछ, चुनावपछि एक पाइलटले सुपरफास्ट जेट चलाउँछ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्माले विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने नचल्ने टिप्पणी गरेका छन्।

उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।“पार्टी दुई पाइलटले हुने रहेनछ,” उनले भने, “अब चुनावमा बहुमत ल्याएर एकल पाइलटले सुपरफास्ट जेट चलाइन्छ ।”

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर भनेको नेकपामा दुई अध्यक्ष राखिएपछि ओलीले त्यसलाई दुई पाइलटले चलाएको जेटको संज्ञा दिएका थिए।