नेपालमा भेटिएका काेराेनाका सबै भाइरस 'डेल्टा'

काठमाडाैं । नेपालमा भेटिएका काेराेनाकाे सबै भाइरस डेल्टा भएकाे पुष्टि भएकाे छ।कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भएकाे पुष्टि भएकाे हाे । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा अनुवांशिक अध्ययन गरिएकाे थियाे ।

प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताए। प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। उक्त नमूना भदौ र असोज र वैशाखमा सङ्कलन गरिएको थियो ।

निर्देशक डा झाले अब नेपालमै सङ्क्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताए ।राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य सङ्गठनले र केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेको छ।