वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

वर्णन मिडिया व्रिफिङ : यस्तोे छ आज दिनभरका ताजा खबरहरू

 

एकीकृत समाजवादी पार्टी विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने, अन्य को को ?

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले बताए।

 

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि कारवाही गर्ने प्रतिवेदन गायब !

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा अनपेक्षित ढिलाइ गरिएको छ । उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित जाँचबुझ समितिले अध्यक्ष ढुंगाना पदीय मर्यादाविपरीत सेयर कारोबारमा संलग्न भएको र उनले पुँजी बजारको विकासविपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएको हो ।

 

एमाले बैठकमा घनश्याम भुसाल प्रस्ताव जबजलाई नयाँ परिभाषित गरौं !

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’माथि प्रश्न उठाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राख्दै उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद परिभाषित नगरी अघि बढ्नै नसकिने तर्क गरेका हुन्।

 

सचिव चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनी विरूद्ध चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो। उनले आयोगमा हुँदा १ अर्ब ३३ लाख बराबरको अनियमित छुट दिएको अख्तियारको आरोप थियो।

विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

 

महासंघका अध्यक्ष गोल्छा र आइएलओ नेपाल कार्यालयका निर्देशक हवार्ड बीच भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासंग अन्तराष्ट्रिय श्रम संगठन नेपाल कार्यालयका निर्देशक रिचर्ड हवार्डले आज महासंघको सचिवालय टेकूमा भेट भएको छ ।

भेटका अवसरमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, सामाजिक सुरक्षाका विषयमा छलफल भयो । उक्त अवसरमा श्रम सम्बन्ध, व्यवसाय प्रवद्र्धन र सामाजिक सुरक्षा योजनाको कार्यान्वयन लगायतका विषयमा सहकार्य गरिने बिषयमा चर्चा भएको हो ।

 

‘सीआईडी हौँ’ भन्दै ट्रक नियन्त्रणमा लिने ६ जना पक्राउ

गोरखा – नक्कली प्रहरी बनेर मध्यरातमा ट्रक नियन्त्रणमा लिने ६ जनालाई जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको छ ।

आबुखैरेनी गोरखा सडक खण्डको बाह्रकिलो बजार नजिकै उनीहरूले सोमवार राति दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिइ सामानमा क्षति पुर्‍याएका थिए । उनीहरूले गोरखा सदरमुकाम आउँदै गरेको ना ६ त ४५६ र ना ६ ख ५५०१ नम्बरको दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएर जाँच गरेका थिए ।

 

दुई दिनभित्र सरकारले पूर्णता पाउने कांग्रेस नेता लेखकको दाबी

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता लेखकले अहिले आफ्नो पार्टीको मात्रै एकमना सरकार नभएको र सरकारमा गठबन्धनको सहभागिता रहेकोले केही राजनीतिक र वैधानिक समस्या समाधान गर्नुपर्ने भएकोले सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे ।

 


नियन्त्रित लागूऔषध सहित पक्राउ

चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट ४ सय ५९ एम्पुल नाईट्रोभेट सहित सिन्धुली मरिण गाउँपालिका.७ बस्ने २१ वर्षीय युवराज लाखेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९५५ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

 

भन्सार छलि ल्याउँदै गरेको कपडा बरामद

महोत्तरी, ११ असोज, सोन्मा गाउँपालिका-३ रघुनाथपुरबाट भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ
ल्याउँदै गरेको करिब २ लाख २६ हजार रुपैयाँ बराबरको कपडा सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी रघुनाथपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध रुपमा ल्याउँदै गरेको उक्त कपडा फेला पारी बरामद गरेको हो । बरामद कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइने छ ।

 

नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १५ हजार ४८८ वटा नमूनाको परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

 

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ० बाँडफाँट गरेको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपीओ बाँडफाँट गरिएको हो । कम्पनीले दोस्रो चरणमा रु एक सय अङ्कित दरका कूल ६० लाख कित्ता शेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ५, ६, ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि कूल निष्काशनको शेयरको ३० प्रतिशत अर्थात १८ लाख कित्ता छुट्याइएको थियो ।

 

अवैध लागूऔषध सहित पक्राउ

महानगरपालिका ३० ज्ञानेश्वरस्थित सडकबाट २ सय ५० ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित काठमाडौं महानगरपालिका ३ बसुन्धारा बस्ने नवलपरासी पश्चिम मध्यबिन्दु नगरपालिका ८ घर भएका २१ वर्षीय सौरभ लम्साललाई गत बिहीबारप्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

 

मन्त्रिपरिषद् विस्तारले माओवादी र कांग्रेसमा लफडा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानका लागि नेपाली कांग्रेसका नेता डा। नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच विवाद भएको छ । दाहालले राम्रा राम्रा मन्त्रालयमा एउटा एउटा गर्दै कांग्रेस नेतालाई मात्रै भर्ती गर्न लागेको मन्त्रिपरिषद् विस्तारमा वास्ता नदिएको भन्दै सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने चेतावनी प्रधानमन्त्री देउवालाई दिएका छन् ।

 

भिम रावलको तराजु यात्रा कहिले ओली बिरोधि कहिले माधव नेपाल बिरोधि

माधव नेपाल, झलनाथ खनालहरुले पार्टी विभाजनको बाटो रोजेर गरेको भन्दै एमालेमै रहने निर्णयमा पुगेका रावलका लागि अब त्यही एमाले पनि यतिबेला थुक्नु र निल्नुको अबस्थामा पुगेका छन् ।

उनले ०७५ जेठ २ को स्थितिअनुसार स्वतः पाउनुपर्ने सुदूरपश्चिम प्रदेश इञ्चार्ज ०७७ पुस ५ पछि ओली खेमामा लागेका लेखराज भट्टमै कायम रहने ओलीको अडानले अहिले उनलाई विक्षिप्त बनाएको छ । एमाले अनुसार, प्रदेश इञ्चार्ज नै हुनुपर्छ भन्ने दावी लेखराज भट्टको थिएन । तर, पार्टीका प्रदेश अध्यक्ष कर्ण थापासहित ओलीपक्षीय नेताहरुले भीम रावल प्रदेश इञ्चार्ज रहे काम गर्न नसक्ने धम्की दिएपछि ओलीले अन्ततः रावललाई लात मारिदिए ।

 

राष्ट्रियसभास् दुई विधेयक पारित

राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी सदनमा छुट्टाछुट्टै प्रस्ताव पेश गर्नुभएको थियो । छलफलमा भाग लिने कोही नभएपछि दुवै विधेयकलाई माथिल्लो सदनले बहुमतले पारित गरेको हो । राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का सांसदले उभिएर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोही पार्टीका सांसद पर्शुराम मेघी गुरुङलाई बोल्न समय दिनुभएको थियो ।


चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद 

काठमाडौ, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सी चोकबाट असोज १० गते सशस्त्र प्रहरीले करीव २ लाख ४१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, किराना, औषधी तथा मेशिनरी सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालयमा बुझाईएको छ ।

 

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउण्टर थप

दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस चाडपर्व मनाउन घर जाने गरेकाले यसलाई सहज तथा व्यवस्थित बनाउन आजदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको हो । अहिले नयाँ बसपार्कमा टिकट लिने यात्रुको चाप देखिन्छ ।

 

बाह्र वर्षमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न

नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।

 

“अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर र ट्याक्टर चालक नियन्त्रणमा”

११ गते जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं.२ स्थित बबई नदीमा अबैध रुपमा बालुवा उत्खनन् गरी लोड गरी रहेको अवस्थामा भे १ त ९५९६ र भे १ त ५७५८ नम्बरका दुई वटा ट्याक्टर र ट्याकटर चालकद्वय जिल्ला बर्दिया बारबर्दिया न।पा।१ जोगीगाउँ बस्ने बर्ष ३० को बिमल सुनार र ऐ।ऐ। बस्ने बर्ष ३० को थिर लाल बि।क। लाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाको प्रहरी टोलिले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी बारबर्दिया नगरपालिकाको कार्यालय जयनगर बर्दियामा पठाईएको ।

 

कुर्सी मात्रै ताक्ने प्रचण्डको प्रवृतिले पार्टी अप्ठयारोमा

वि।स २०५२ सालमा थालेको हिंसाको बाटो त्यागेर शान्ति पूर्ण बाटोमा आउँदा माओवादीप्रतिको आम धारणा अर्कै थियो । परिवर्तनको एजेण्डा बाकेर आएको माओवादी पहिलो संविधानसभा निर्वाचनमा सानदार विजयी भएको थियो ।

मजदूर,किसान लगायत विपन्न वर्गको संरक्षक दावी गर्ने माओवादीले अहिले आएर श्रमिकको मुद्धा मात्रै छाडेका छैनन् आफू नव धनाढय वर्गमा उदाएका छन् ।हिजोको दिनमा माओवादीको आकर्षण भनेको शैद्धान्तिक राजनीतिक कुरा थियो तर अहिले सिंगो नेपालको नेता मै हुँ र यहाँका ठूल्ठूला पूँजीपतिको नेता पनि हामी नै हुँ भने जसरी देखाउन थाल्यो त्यसपछि पार्टी खुम्चदै गएको नेताहरु बताउँछन् ।


यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ । आज सोमवार दिउँसो सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गुल्मीका पत्रकार सुवेदीलाई यस पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मन्यतालाई समृद्ध बनाउनुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दशौँ हजार शहीदको योगदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी र समानुपातिकका मूल्य मान्यतालाई समृद्ध बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

ललितपुरको महालक्ष्मी नपा–६ सिद्धिपुरमा निर्माण गरिएको समाजसेवी तथा किसान नेता अष्टमान महर्जन र चन्द्रबहादुर महर्जनको स्मृतिमा स्थापित सालिक अनावरण गर्दै उहाँले जनताको अधिकारलाई संरक्षरण गरेर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो ।