आजदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने

काठमाडौं । आजदेखि काठमाडौं जिल्लामा कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ। १८ वर्षमाथिका सबै नागरिकलाई तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज दिइने भएको हो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ। खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ।