एमालेमा फेरि उठ्न थाल्यो १०बुंदे बारे प्रश्न,तेस्रो धारका नेताहरू भन्छन् ,"कार्यन्वयन नभए विकल्प "सोचिन्छ!

काठमाडाैँ। नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा तेस्रो धारका नेताहरुले १० बुँदे कार्यन्वयन नभएको भन्दै असन्तुष्टि पोखेका छन् ।

शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा तेस्रो धारका नेता तथा उपाध्यक्ष भीम रावलले असन्तुष्टि पोखेका छन् । बैठकमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य झपट रावल र भानुभक्त जोशीले १० बुँदे सुदुरपश्चि पार्टी कमिटीमा लागु नभएको भन्दै कुरा उठाएका थिए ।

तीनै जना नेताहरुले (अन्तर पार्टी निर्देशन) अपानी कार्यान्वयन नभएको भन्दै त्यसबारेमा स्पष्ट व्यवस्था हुनु पर्ने कुरा राखेको केन्द्रीय सदस्य निरज आचार्यले बताए । आचार्यले भने ‘बैठकमा उपाध्यक्ष र जोशी कमरेडले अपानी र १० बुँदे कार्यन्वयनमा समस्या देखिएकाले मिलाउनु पर्ने कुरा राखेका हुन् ।

तर बाहिर आएजस्तो केहि भएको होइन । सौहार्दपूर्ण रुपमा बैठक जारी छ ।’ एमालेमा एकता गर्ने भन्दै असार २७ गते कार्यदलले १० बुँदे प्रस्ताव अघि ल्याएको थियो। जसमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनु पर्ने भन्ने थियो ।

तर उक्त प्रस्ताव सुदूरपश्चिम प्रदेश कमिटीमा लागु नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएको बताइएको छ । यो १० बुँदे बागमती र प्रदेश १ मा पनि लागु नभएको भन्दै तेस्रो धारका नेताहरु पार्टी कमिटी र बाहिर असन्तुष्टि पोख्दै आएका छन् ।

हिजाेको बैठकमा अध्यक्ष केपी ओलीले तेस्रो धारका नेताहरू अझ रावल र जोशीले बैठकमा राखेको माग ठाडै अस्वीकार गरेका एक केन्द्रीय सदस्यले बताए ।ती केन्द्रीय सदस्यले ओलीको भनाइ भन्दै भने ‘यो बैठक विधान महाधिवेशनको लागि राजनीतिक प्रस्ताव,विधान र सांगठनिक प्रस्तावका बारेमा छलफल गर्ने हो । यसमा केन्द्रित रहेर मात्रै छलफल हुन्छ ।तपाईहरुका माग स्थायी कमिटीमा छलफल हुन्छन् । यहाँ होइनन् ।’ बैठकमा राखेका माग प्रति ओलीले सिधै एजेण्डा नबन्ने भनेपछि तेस्रो धारका नेताहरु बिलखबन्दमा परेको बताइन्छ । एमाले जेठ २ मा फर्केको खण्डमा भीम रावल सुदूरपश्चिमको इञ्चार्ज हुनुपर्ने हुन्छ तर ओलीले माओवादी छोडेर एमालेबै बसेका लेखराज भट्टलाई नै इञ्चार्जका रूपमा काम गर्न निर्देशन दिएका छन् ।

यता बागमती प्रदेशमा रामबहादुर थापालाई इन्चार्ज बनाएपछि अष्टलक्ष्मी शाक्य रुष्ट बनेकि छिन् । यस्तै प्रदेश १ मा भीम आचार्यले इञ्चार्जको भूमिका निर्वाह गर्न पाएका छैनन् । शाक्य र आचार्य ओलीको निर्देशनमा बागमती र १ नं. प्रदेशमा मुख्यमन्त्री बनेका छन् ।

जब कि ओलीले जेठ र १० बुँदे माधवकुमार नेपाल एमालेमा आउने भएमात्र हुबहु लागु गर्न सकिने तर अरुहरुको लागि नसकिने जवाफ सार्वजनिक रुपमा नै दिदै आएका छन् ।