प्रधानमन्त्री देउवालाई सत्ता गठबन्धन नै घाँडो भो!

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएको दुई महिना बितिसकेको छ । यो अवधिमा सरकारले खासै उल्लेख्य काम गर्न सकेको छैन । आलोचना मात्रै खेप्नु परेकाे छ ।

केही मन्त्री भए पनि प्रधानमन्त्री देउवा नै एकलो सरकार जस्तो भएका छन् । मन्त्री नहुँदा भएभरका मन्त्रालयको भार उनले थेग्नु परेको छ । तैपनी सरकार विस्तार हुन सकेको छैन ।उनले गठबन्धन दलको बैठकमा बारम्बार मन्त्रीको नाम माग्दा समेत दलहरुले दिन सकेका छैनन् । नाम नदिएर सरकारलाई अलमलमा राख्नु पनि असहयोग गरे बराबरकै ठहरिन्छ ।गठबन्धन दल मध्येको माधवकुमार नेपाल नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट बैधानिकता पाउने बित्तिकै सरकार विस्तार हुने नेताहरुले बताउँदै आएका थिए ।तर, अहिले यो अल्झन पनि सकिसकेको छ। आआफ्नो स्वार्थका कारण एक ठाउँमा उभिन सकेका छैन्।

प्रधानमन्त्री देउवा सरकार विस्तार र आफ्नै पार्टीको महाधिवेशनको चेपुवामा परेका छन् । नजिकिदै गरेको महाधिवनको तयारीमा लाग्ने कि सरकार विस्तारमा लाग्ने भन्ने दोधारमा छन्। मन्त्रालयको भागबण्डा र मन्त्रीका आकांक्षी धेरै हुँदा पार्टीहरुमा समस्या देखिन्छन् । माधव नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता भईसक्दा पनि उनीहरुको सांसद पद रहने या खारेज हुने भन्ने चिन्ताको विषय बनेको छ ।

मन्त्रिपरिषद विस्तारमा ढिलाई हुँदा प्रधानमन्त्रीलाई मात्र होइन गठबन्धन दलका सबैलाई समस्या भईरहेकोछ । सरकारमा जान खोज्ने सबै दलहरुको मन्त्रालय रोजाई एउटै हुँदा समास्या भएको हो ।दलहरुलको रोजाई नै मालदार मन्त्रालयछ ।सबै कुरा मिलिसकेको मन्त्रालय भागबण्डाको मात्र काम बाँकी रहेको नेताहरुले बताउँदै आएको छन् । राजनीतिक रूपमा परस्पर विराेधी शक्तिहरू एउटै भएर बस्न पनि मुस्किल