सुदूरपश्‍चिममा संक्रमितको संख्या ३५ सय ३८ पुग्यो

कोरोना भाइरस ब्यापकरुपमा पढदा पछिल्लो समय सुदूरपश्‍चिममा संक्रमितको संख्या ३५ सय ३८ पुगेका छन् ।

पछिल्लो दुई सातायता सबैभन्दा बढी संक्रमित सुदूरपश्‍चिम प्रदेशमै थपिएका छन् ।

सुदूरपश्‍चिम प्रदेशमा हालसम्म ६६२ जना डिस्चार्ज भएका छन् । तेस मध्य कोरोना संक्रमितमा ८५० महिला र २ हजार ७ सय २८ पुरुष रहेका थिए सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितमध्ये कैलालीमा मात्रै ९४६ जना छन् । र अछामका ५५४, बैतडीका २८३, बझाङका १३९, बाजुराका ३९०, डडेल्धुराका २६७, दार्चुलाका १७, डोटीका ५१४ र कञ्‍चनपुरका ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७३५ जना अझै क्‍वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्‍चिम प्रदेशमा हालसम्म कोरोना संक्रमणका बाट ७ जनाको मृत्यू भइसकेको छ ।